Skip to content

editor

संगीत शताब्दी

जुद्धशमशेर राणाको पालासम्म नेपाली गीतको खासै लहर थिएन। दरबारका ठूलाबडाकहाँ जम्ने सांगीतिक ‘मेहफिल’मा उर्दु र हिन्दी गीत नै धेरै बज्थे।

औंसीको रात हो कि

औंसीको रात हो कि, जुनको झल्कोले मार्यो
पत्तै पाछैन मैले, कुनको झल्कोले मार्यो ?

टोलाई बस्या’थे किनार, कानमा झ्याउँकिरी रोयो
बजाउँथे मुरली बनमा, धुनको झल्कोले मार्यो

प्रणयको उपहार तिमीलाई

हे मेरा प्राणप्रिय
तिमी पनि आज पश्चिमाको पछि लाग्दै
प्रेमको हजार दीप बालेर
मन, मुटु र आँखाको नानी भरि-भरी मनोकांक्षा थुपारेर
मेरो उपहारको प्रतिक्षामा छौ क्यार
मलाई माफ गरिदेऊ,
मैले मेरो प्रेम प्रदर्शन गर्न
अदृश्य मनको बन्धन कस्नलाई
मुस्काउदै फुलेकी त्यो गुलाफ निमोठ्न सकिन
मलाई माफ गरिदेऊ,

भ्यालेण्टाइन डे

क्यालेण्डरमा दोहोरीनेछन्
ती दिनहरू,
फूलवारीमा फेरि
फक्रनेछन् ती फूलहरू !

तर,
फेरि जन्मनेछैन
मेरो “भ्यालेण्टाइन डे”
र, फक्रने छैन
मेरो सबैभन्दा “प्रिय गुलाफ”

“मेरो शहर” नियाल्दा

“मेरो शहर” कवितासङ्ग्रहका कृतिकार हुनुहुन्छ प्राध्यापक, डा. धनपति कोइराला । डा.धनपति कोइरालाको जन्म, २०२७ साल मंसिर २१, सतासीधाम–५, झिलझिले, झापामा पिता स्व. चन्द्रलाल कोइराला र माता स्व. विष्णुमाया कोइरालाका पुत्ररत्नको रूपमा भएको थियो । हाल उहाँको कार्यक्षेत्र तथा बसोबास कावासोती (शिवमन्दिर, साधना कुटी) मा रहेको छ । उहाँको पेशा प्राध्यापन र पत्रकारीता देखिन्छ । उहाँ एक मध्यविन्दु क्याम्पसका संस्थापक, समाजसेवी, साहित्यिका आधिकारिक विद्वान संस्कृत वाङ्मयका ज्ञाता, मृदुभाषी, साधाररण बेशभुषा, उच्च बिचारको धारणामा रही सबैको भावनालाई बुझ्न चाहने र सबैलाई कदर गर्ने व्यक्तित्व पनि हो । उहाँको मानवीय व्यवहार र मिलनसारताले मेरो मनमा उहाँप्रति उच्च आदरभावले स्थान लिएको छ ।

भएर पनि के हुन्छ र राष्ट्रिय सहमतिको सरकार

कहिले मनमा जे गर्न मन लाग्यो त्यही गर्ने
मनमतिको सरकार
कहिले धमाधम महल, पजेरो र सुरक्षागार्ड ठड्याउने
धनमतिको सरकार
कहिले श्रीमतीको भएभरको मनोकांक्षा पुरा गरिदिने
श्रीमतीको पतिको सरकार
अनि भएर पनि के हुन्छ र ?
राष्ट्रिय सहमतिको सरकार

जिउँदो त्यो लाशलाई (गजल)

जिउँदो त्यो लाशलाई चितामा जलाउँदै छौ
जसको मृत्युमा तिम्ले उत्सव मनाउँदै छौ

अपार माया नहुँदो हो श्रद्धाञ्जली अर्पंदै
फेरि पनि आज किन आँशुहरू बगाउँदै छौ

एकांकी ०१ – वादविवाद

पात्रहरू : श्रीमान्, श्रीमती, बहिनी र छोरी ।

(सुनसान रङ्गमञ्चमा घरको कोठाको झलक दिने वस्तुहरू यत्रतत्र छन् । सर्वप्रथम बहिनी रङ्गमञ्चमा आउँछे । ऊ बोल्न सुरु गर्दा नगर्दै क्षणभरमै अरू तीनजना पात्रहरू रङ्गमञ्चमा आउँछन् । एउटा कुनामा पाँच बर्से छोरी खेल्न थाल्छे । श्रीमान् श्रीमतीको ठाकठाकठुकठुक परेको आभास मिल्ने कुराहरू मनग्य छन् । रङ्गमञ्चको भित्ता कतै पानको रङले राताम्य छ भने कतै कालाम्य छ । कतै रङ्गमञ्च सुक्खा छ, कतै पानीले हिलाम्य छ । ऊ बोल्दै जान्छे, रङ्गमञ्चमा रौनक थपिँदै जान्छ । रङ्गमञ्चमा एकप्रकारको जिज्ञासा सर्वत्र छाउँछ ।)

BhariabAryal

नेता नम्बर एक सय एक

दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो । साँच्ची भनूँ भने तिनताक नूनमा कन्ट्रोल भए पनि नेतामा थिएन । पार्टीमा बास नपाए पनि पार्टीमा त खास पाइन्थ्यो । त्यसैले म कुरा झिक्तै छु त्यही झालेमाले दशाब्दीको ।

म थिएँ त्यस बेला बेनामी अड्डाको बहिंदार । अड्डा बेनामी भन्दैमा आफू पनि बेनामी थिएँ भन्ने नसम्झनुहोला नि ।

नदी, बस्ती, र सम्बन्ध

यो नदीको किनारमा
एउटा बस्ती बसेको छ
यो बस्तीको छेउमा
एउटा नदी बगेको छ
सदियौंदेखि नङ् र मासु जस्तै
यो नदी छ र बस्ती,
यो बस्ती छ र नदी
तिमी र मजस्तै छ
म र तिमीजस्तै छ ।

दाइजो प्रथा नहटेसम्म छोरा–छोरीबीचको विभेद अन्त्य हुँदैन

माघ महिनाको सुरूवातसँगै लगनको साइतको पनि सुरूवात हुन्छ । माघ महिनाबाट लिएर असार मसान्तसम्म विवाहको शुभ साइत मानिन्छ ।

आमाको वेदना

रात अज्ञानझैँ अँध्यारो थियो;
स्वर्थजस्तै चिसो बतासको हुरी थियो;
अहङ्कारझैँ मेघ गर्जिरहेको थियो;
कुच्रिँदा कुच्रिँदै मेरो छातीमा
अकस्मात् बिजुलीझैँ झिलिक्क भो ।

व्यूटिफूल

दुईतिर हजारौं लाखौं वर्षदेखि उभिइरहेका नरमाइला नाङ्गा डाँडाहरू । उत्तरपट्टिडाँडाको कातकतै बगिरहेको तामाकोशी, जसको अस्तित्व अलि तल्तिर सूनकोशीमा सेलाउँछ । यो मन्थली घाट हो

नित्य-उन्मुक्त जीवन

म मेरै मार्गमा हिँड्छु
सुसेल्दै मस्त हल्लिँदै
उड्छु आनन्द आनन्द
धूलोजस्तै बतासिँदै !
।।१।।

जम्दै जम्दिनँ है पानी
जस्तो जम्दछ पोखरी
झर्छु बग्छु बरालिन्छु
जस्तो झर्छे सुनिर्झरी !
।।२।।

बालुवामा अल्झिएको जीवननदी

आज म एउटा सूफी कथाको नदीसँग आफ्नो जीवन तुलना गर्दैछु । सूफी कथाले भन्छ, एउटा सानो नदी सागर भेट्न हिँड्यो । आखिर नदी सानो होस् यो ठूलो सागर भेट्ने चाहना सबैको बराबर हुन्छ; चाहे त्यो मेरो घर आँगनको सिमखोलो होस् या सप्तकोशी दुवै सागर भेट्ने प्यास बोकेर लगातार कुदिरहेका छन् । नदीको अभिष्ट लक्ष्य र अस्तित्व नै सागरसँग मिलन हुनुमा छ ।

यसरी सागरसँगको मिलनमा हिंडेको नदी एकदिन एक बिशाल रेगिस्तानमा पुगेर अल्झिन्छ । त्यो वालुवै बालुवाको मरुस्थल नदीको निम्ति घिचलीलनसक्नुको समस्या बन्यो । आफ्ना सागर छुने आकाँक्षाहरू सेलाए ।

अनेसास बेल्जियम च्याप्टरको अध्यक्षमा के सी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरको अध्यक्षमा दीपेन्द्र के सी आगामी दुई वर्षका लागि छनोट भएका छन । १० फेव्रुअरीका दिन स्थानीय लुभेनमा सम्पन्न समाजको तेश्रो अधिवेशनले सर्वसम्मत रुपमा ११ सदस्यीय कार्यसमितिको निर्माण गरेको छ ।

फेरि याद आयो

तिमीलाई देख्दा आज यहाँ, बिर्सेको कथा फेरि याद आयो
निको भैसकेको घाउ सबै, कोट्टिएर ब्यथा फेरि याद आयो

न आऊ तिमी फेरि यहाँ, भन्ने मेरो मतलव होइन
बन्द भएको इतिहाँस यहाँ, किताब खुली फेरि याद आयो

सही र गलतको बार्ता होइन, तर्क गरेर नै के हुन्छ
बिर्सिसकेका सम्झनाहरू, फर्की आउँदा फेरि याद आयो

आफ्नै गाउ राम्रो हुन्छ

आफ्नै गाउ राम्रो हुन्छ शहरको कुरा नगर
सिच्न भूमि कुलो काफी नहरको कुरा नगर

क्षतविक्षत पार्न मुटु किन चाहियो तरबार
एउटै घात काफी हुन्छ कहरको कुरा नगर