editor
“मेरो शहर” नियाल्दा
“मेरो शहर” कवितासङ्ग्रहका कृतिकार हुनुहुन्छ प्राध्यापक, डा. धनपति कोइराला । डा.धनपति कोइरालाको जन्म, २०२७ साल मंसिर २१, सतासीधाम–५, झिलझिले, झापामा पिता स्व. चन्द्रलाल कोइराला र माता स्व. विष्णुमाया कोइरालाका पुत्ररत्नको रूपमा भएको थियो । हाल उहाँको कार्यक्षेत्र तथा बसोबास कावासोती (शिवमन्दिर, साधना कुटी) मा रहेको छ । उहाँको पेशा प्राध्यापन र पत्रकारीता देखिन्छ । उहाँ एक मध्यविन्दु क्याम्पसका संस्थापक, समाजसेवी, साहित्यिका आधिकारिक विद्वान संस्कृत वाङ्मयका ज्ञाता, मृदुभाषी, साधाररण बेशभुषा, उच्च बिचारको धारणामा रही सबैको भावनालाई बुझ्न चाहने र सबैलाई कदर गर्ने व्यक्तित्व पनि हो । उहाँको मानवीय व्यवहार र मिलनसारताले मेरो मनमा उहाँप्रति उच्च आदरभावले स्थान लिएको छ ।
एकांकी ०१ – वादविवाद
पात्रहरू : श्रीमान्, श्रीमती, बहिनी र छोरी ।
(सुनसान रङ्गमञ्चमा घरको कोठाको झलक दिने वस्तुहरू यत्रतत्र छन् । सर्वप्रथम बहिनी रङ्गमञ्चमा आउँछे । ऊ बोल्न सुरु गर्दा नगर्दै क्षणभरमै अरू तीनजना पात्रहरू रङ्गमञ्चमा आउँछन् । एउटा कुनामा पाँच बर्से छोरी खेल्न थाल्छे । श्रीमान् श्रीमतीको ठाकठाकठुकठुक परेको आभास मिल्ने कुराहरू मनग्य छन् । रङ्गमञ्चको भित्ता कतै पानको रङले राताम्य छ भने कतै कालाम्य छ । कतै रङ्गमञ्च सुक्खा छ, कतै पानीले हिलाम्य छ । ऊ बोल्दै जान्छे, रङ्गमञ्चमा रौनक थपिँदै जान्छ । रङ्गमञ्चमा एकप्रकारको जिज्ञासा सर्वत्र छाउँछ ।)
नेता नम्बर एक सय एक
दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो । साँच्ची भनूँ भने तिनताक नूनमा कन्ट्रोल भए पनि नेतामा थिएन । पार्टीमा बास नपाए पनि पार्टीमा त खास पाइन्थ्यो । त्यसैले म कुरा झिक्तै छु त्यही झालेमाले दशाब्दीको ।
म थिएँ त्यस बेला बेनामी अड्डाको बहिंदार । अड्डा बेनामी भन्दैमा आफू पनि बेनामी थिएँ भन्ने नसम्झनुहोला नि ।
बालुवामा अल्झिएको जीवननदी
आज म एउटा सूफी कथाको नदीसँग आफ्नो जीवन तुलना गर्दैछु । सूफी कथाले भन्छ, एउटा सानो नदी सागर भेट्न हिँड्यो । आखिर नदी सानो होस् यो ठूलो सागर भेट्ने चाहना सबैको बराबर हुन्छ; चाहे त्यो मेरो घर आँगनको सिमखोलो होस् या सप्तकोशी दुवै सागर भेट्ने प्यास बोकेर लगातार कुदिरहेका छन् । नदीको अभिष्ट लक्ष्य र अस्तित्व नै सागरसँग मिलन हुनुमा छ ।
यसरी सागरसँगको मिलनमा हिंडेको नदी एकदिन एक बिशाल रेगिस्तानमा पुगेर अल्झिन्छ । त्यो वालुवै बालुवाको मरुस्थल नदीको निम्ति घिचलीलनसक्नुको समस्या बन्यो । आफ्ना सागर छुने आकाँक्षाहरू सेलाए ।

औंसीको रात हो कि, जुनको झल्कोले मार्यो
हे मेरा प्राणप्रिय
क्यालेण्डरमा दोहोरीनेछन्
कहिले मनमा जे गर्न मन लाग्यो त्यही गर्ने
जिउँदो त्यो लाशलाई चितामा जलाउँदै छौ
यो नदीको किनारमा
म मेरै मार्गमा हिँड्छु
तिमीलाई देख्दा आज यहाँ, बिर्सेको कथा फेरि याद आयो
आफ्नै गाउ राम्रो हुन्छ शहरको कुरा नगर