Skip to content

स्वास्थ्य सन्देश


खानु अनार केरा भो, अमला आँप अङ्गुर,
सुन्तला स्याउ अम्वा ती, फलजो हुन्छ सुग्घर

रायो मेथी मुला काँक्रो, चना केराउ गाँजर,
राम्रो मानिन्छ खाना जो, मिलाएर लिने गर

खाएर स्वच्छ आहारा, मजवुत हुने तन,
रोगी शरीर के काम, भए पनि खुवै धन

न लगाउनु फोहोर, कपडा जीउ चिल्दछ,
थोत्रो भएर के भो र, सफाले शान्ति मिल्दछ

क्यान्सर रोग मूटूको, चुरोट सुर्ति लाग्दछ,
मिठाई गुलिया खाए, चिनीको रोग जाग्दछ

त्यै सन्तुलित खानाभो, र पानी धेर पीउनु
सफा सुग्घर बानीले, जीवन भर जीउनु

लाखौं खर्चेर पाइन्न, अमूल्य हुन्छ जीवन,
बाँच्नुछ स्वस्थ मान्छे भै, रमाएर खुशी वन

अपार सुख मिल्दछ, हँसिलो र खुशी मन,
रोगी भै वाँच्न गार्‍हो छ, सुखी हुनु सबै जन

(अनुष्टुप छन्द)

1 thought on “स्वास्थ्य सन्देश”

  1. छन्दमा लेख्न आँट ता
    छन्दमा लेख्न आँट ता गर्नेहुन्छ चूडाजी तर त्यसको मर्म मथि भने प्रहारै गर्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *