Skip to content

editor

रहस्य (लघुकथा)

शक्तिसम्पन्न देशका बैज्ञानिक म्याकुरेले औषधी विज्ञानको गहन अनुसन्धानबाट एउटा अचम्मको क्याप्सुल निर्माण गरेपछि त्यसलाई गिनिपिग तथा बाँदरमा प्रयोग गरे, सफल पनि भए । त्यो प्रयोगबाट उसले बाञ्छित सफलता प्राप्त गरेका थिए । अँझै पूर्ण सफलता प्राप्त गर्न मानव प्रयोग बाँकी थियो । त्यसै विषयलाई लिएर महामहिम राष्ट्रपति र प्रधानमन्त्रीसँग बैज्ञानिक म्याकुरे सल्लाह गरिरहेका थिए ।

ठिक त्यही समयमा अल्पबिकशित देशका विभिन्न दलका नेताहरू त्यहाँ पुगे र अलख निरन्जन भन्दै सुनको थाली अगाडि सारे । त्यो सुनको थालीमा सुन्दर हिमशृंखलाहरू, ताल तलैया, नदीनाला र झरनाहरू र हरिया जङ्गल आदिको सुन्दर चित्र अङ्कित थियो । ती नेताहरूले बहुमूल्य सुनको सुन्दर थाली थापेर भिक्षा मागेको देखेर महामहिम राष्ट्रपति र प्रधानमन्त्री तथा बैज्ञानिक म्याकुरे समेत आश्चार्य चकित हुँदै एक आपसमा मुख हेरा हेर गर्न थाले ।

कल्पनामा पिरतीको

कल्पनामा पिरतीको, दीप बल्छ भित्र भित्रै
अरुसँग बोल्छौ हाँस्छौ, मुटु जल्छ भित्र भित्रै

स्वास बनी चल्नु सधैं, धड्कनको मझेरीमा
एकै पल टाढा हुँदा, आँत गल्छ भित्र भित्रै

जीवनका छालहरू नियाल्दा

परिचय

ईश्वर ‘बा’ खनालको भेट सायद आजभन्दा ७/८ वर्ष पहिला कृषकलाई माटो र मलको व्यवस्थापनको तालिमको सिलसिलामा बेणीमणिपूर गाउँमा गएको समयमा भए जस्तो लाग्छ । सायद उहाँ त्यहाँ प्रशिक्षकको रूपमा कार्यरत हुनुहुन्थ्यो । त्यसै समयमा ‘जीवनका छालहरू’को यो कृति मेरो हातमा परेको थियो । यसलाई राम्रोसँग पढे धेरै प्रभावित पनि भएको थिएँ तर त्यस वेला मैले गजल लेख्ने र गजलको बारेमा टीकाटिप्पणी गर्ने काम गर्दैनथें । आजकल मैले गजल लेख्ने र समालोचन गर्ने कामको थालनीसँगै यो कृतिलाई फेरि दोहोर्याएर पढ्ने इच्छा पलाएर आयो र यसमा केही टीकाटिप्पणी गर्ने काम गरेको छु ।

होटेलमा साँप्रा टोक्दै

होटेलमा साँप्रा टोक्दै संविधान बनाउने कुरा जस्तो
एकदुई पेग लगाएपछि त योजना सितन कुखुरा जस्तो

ती नै नेता र पछ्यौटेहरू मेची महाकाली चुसिरहने
नेपालीको पसिना र अवसर काट्ने धारिलो छुरा जस्तो

मुसुक्क हाँसिदिँदा ज्यानै लुट्यो

मुसुक्क हाँसिदिँदा ज्यानै लुट्यो
रातको निदरीमा निद टुट्यो
तिमीलाई पनि यस्तो हुन्छ कि हुँदैन
पिरतीले नसाले छुन्छ कि छुँदैन
भन माया, भन माया

शिक्षा र गुरु

गुरु भनेको के हो ? गुरु कस्तो हुनु पर्छ ? ब्यक्तिको जीवनमा गुरुको स्थान कस्तो हुन्छ ?

मैले यसरी प्रश्न उठाएर कुनै खास एक विषय पढाउने गुरुको चर्चा गरिरहेकी छुइन। म यस्ता गुरुको कुरा गरिरहेकी छु, जुन जीवनको मार्ग दर्शन हुन्छन् । जसको सम्बन्धले र वाक्यले मानिसको जीवनलाई नै परिवर्तन गरिदिन्छ । जसको करुणा वा संगत, सम्बन्धले जीवनको यात्रामा महत्व पूर्ण मोड ल्याइदिन्छ । अन्धकारको भयबाट उज्यालोतिर डोर्याउदै जसले नयाँ जीवन प्रदान गर्दछ ।

ManandharAbhagi

हुर्किन नपाउँदै आज त्राश भो

हुर्किन नपाउँदै आज त्राश भो जिन्दगी
माया बस्नु अघि लास भो जिन्दगी

भावीले लेखेको भाग्य कस्तो अभिशाप भयो
निस्तो भातझैं औषधी गाँस भो जिन्दगी

कुनै चिन्ता छैन मलाई

कुनै चिन्ता छैन मलाई यो जिन्दगी ढल्किन देऊ
दिन ढल्दा अँधेरीमा तिमीलाई सम्झी कल्पिन देऊ

उदाएका सबै तारा हुन्छन् भन्ने हुन्न बिहान
लाखौँ सपना मरिसके हाँस्दै छन् आफ्नै चिहान
कुनै ठुलो होइन आँशु यी आँखामा छल्किन देऊ
दिन ढल्दा अँधेरीमा तिमीलाई सम्झी कल्पिन देऊ

भो संस्थागत आर्थिक सहयोग चाहिएन

दुर्गम गाउको प्राथमिक विद्यालयमा पढाउछु । मेरो विद्यालय र गाउँघरको नाजुक अवस्था तथा आफ्नो दायित्व दाज्छु मन बुझ्दैन । अनि मन वह लगाउन राम्रा राम्रा लेखकको राम्रा र आदर्श पुस्तकहरू, जस्तै रविन्द्र मिश्रको ‘खान पुगोस दिन पुगोस’, स्व. जगदीश घिमिरेको ‘अन्तरमनको यात्रा’, कर्ण शाक्यको ‘सोच’, तथा जोन उडको ‘माइक्रोसफ्टदेखि वाहुनडाँडासम्म’ पढ्छु ।

गाउँको ल्होछार

काठमाडौंलाई अँझैं हुस्सुले छोडेको थिएन । हिउँदको चिसोलाई चिर्दै सहरमा ल्होछारको रौनक सुरु हुँदै थियो, सधैंझैं बाइक र्‍याली अनि टुँडिखेल आसपास मौलिक वेशमा सजिएका तन्नेरीहरूको लर्को, झाँक्री, लामा र छाम नाच अनि सेलो कन्सर्ट ।

३५ वर्षपछि भैरव सम्झँदा

श्रेष्ठतम हास्य-व्यङ्ग्य लेखक भैरव अर्यालको चालीस वर्षको अल्पवयमै काठमाडौं गोकर्ण नजिक वागमती नदीको पत्थरिलो खोंचमा फाल हालेर आत्महत्या गरेको खबर साहित्यका आम पाठकहरूले मात्र होइन, आत्महन्ता व्यंग्यलेखकका घनिष्ट साथीभाइहरूले समेत केही समयपछि मात्र पाए ।

लेखन अर्थात् जादु, कला, शिल्प

लेखन आफैंमा एउटा कला हो, शिल्प हो, शैली हो र संवेदना हो। लेखकको प्रतिविम्ब पनि हो। यो फरक कला हो, जो सिकाएर सिकिँदैन र पढाएर जानिँदैन।

सफलताको कथा

प्राध्यापक डाक्टर लोकराज बरालको आत्मवृत्तान्तको पुस्तक रोमाञ्चित जीवनलाई अर्का प्राज्ञिक व्यक्तित्व नरहरि आचार्यले ‘निजी कथालाई डोरो बनाएर गत सात दशकभित्र नेपालले तय गरेको राजनीतिक यात्राको वृत्तान्त’ भनेका छन्। तर आचार्यको यस भनाइलाई बरालको पुस्तकले पूर्ण रूपमा पुष्टि गर्दैन्।

रेमिट्यान्स कहर

नजिकैको टेबलमा एकसरो फेरफारे लुगाको थुप्रो छ। ऊ पल्टिएको भुइँ खाटको छेवैमा एउटा ससानो काँधे झोला उदांगो लडिरहेको छ।

उदास वसन्तको कथा : अरुणा लामा

गायिका अरुणा लामाको गायनको जीवनकाललाई संगीतका अन्वेषकहरू, नेपाली संगीतको स्वर्णिम युग भन्छन् तर यो संयोगवश होइन र काल्पनिकी पनि होइन।

चरिचुच्चे ‘च’

दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो । साँच्ची भनूँ भने तिनताक नूनमा कन्ट्रोल भए पनि नेतामा थिएन । पार्टीमा बास नपाए पनि पार्टीमा त खास पाइन्थ्यो । त्यसैले म कुरा झिक्तै छु त्यही झालेमाले दशाब्दीको ।