Skip to content

बोल्छ यहाँ लाटो पनि


बोल्छ यहाँ लाटो पनि अत्यचार भएपछि
बारम्बार घृणित ती शब्द प्रहार भएपछि

रगतको नाता पनि टुट्दो रैछ हरे दैव,
धन्कै निम्ति दाजुभाइको काटमार भएपछि

जुधाएन आँखाँसम्म सामुन्नेमा पर्दा खेरी,
कुकुर झैँ भुक्न थाल्यो बाटो पार भएपछि

कोही सुत्छ महलमा कोही भोकै सडकमा,
एस्तो हुनु हुदैन्थ्यो यौटै संसार भए पछि

देशको निम्ति केही गरी देखाउनु छ मैले,
जिन्दगीका केही सपना सकार भएपछि

गंगा पौडेल “शुभ”
तोपगाछी-८ झापा
हाल-दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *