Skip to content

जुनीभरिलाई पीर संगालेर


जुनीभरिलाई पीर संगालेर अब टाढा टाढा हुँदैछु
काँडा माथि पाइला राखी बिदा लिंदैछु

निर्धा मेरा ईच्छाहरूले पिरोल्न चाहन्न
मेरो दुखी यात्राभरि भुलाउन चाहन्न
बिपनीका यादहरू तिमीलाई नै छोडी
सपनीका साथहरू भुली जाँदैछु

आफैं दुख्छ जिन्दगी यो दुख्दै कति हाँस्नु
मायाका गीतहरू गाउँदै कति बाँच्नु
बिपनीका यादहरू तिमीलाई नै छोडी
सपनीका साथहरू भुली जाँदैछु

शब्द – भीम बिराग
स्वर – सुरेन्द्र मुखिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *