editor
तेस्रो अनेसास अन्तर्राष्ट्रिय पुरस्कार वितरण तथा कवि गोष्ठी – देखेको लेखेको
अ.ने.सा.स.को नामबाट ७० वटा शाखा विस्तार गरेर आप्रवासमा नेपाली साहित्यको विकासमा उल्लेखनीय काम गर्दै आएको वास्तविकतालाई कसैले नकार्न सक्दैन । तर वर्तमान अवस्थामा साहित्यलाई बुझेकोभन्दा बुझ्न थालेको र बुझ्ने अवस्थामा रहेकाहरूको भीडमा रुमल्लिरहेको भन्ने समाचारले बिस्तारै जरा गाड्दै गएको छ । पुरानाहरूले निरन्तरता दिदैजानुको साटो छोड्दै जानुले पनि यो कुरा प्रमाणित गर्दै गएको छ । संस्थालाई हिङ बाधेको टालोको रुपमा कहिलेसम्म देखाउने ?
अमेरिकामा भानुको शालिक अनावरण साथै नेपाली भाषा दिवसको प्रस्ताव
अमेरिकाको डिसी महानगर क्षेत्रमा भएको तेश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा भानुको शालिकको अनावरण अमेरिकाका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्मा (विद्या वारिधि)ले गर्नु भयो । भानुभक्तको शालिकलाई नेपालबाट अमेरिका ल्याउने जिम्मा पाएका अनेसास डिसी शाखाका अध्यक्ष तथा भर्जिनियाका कवि प्रकाश नेपालले उक्त कामको लागि छ महिना समय दिइएकोमा आफ्नो पहलमा उक्त भानुको शालिक एक महिनामा ल्याएको जानकारी दिए ।
पाँच मुक्तक (बाउसे भन्ने नै नभए)
१)
बाउसे भन्ने नै नभए कोदाली कहाँ हुन्थ्यो
ओराली भन्ने नै नभए उकाली कहाँ हुन्थ्यो
अब आफै कल्पना गर्नु होस् त मेरो हजुर
मायाँ गर्ने श्रीमती नै नभए ससुराली कहाँ हुन्थ्यो ।
२)
अगाडि पछाडि भीड हुनेको भारी फुर्ति हुन्छ यहाँ
चोर गुण्डाहरूकै सधैं भरि ईच्छा पूर्ति हुन्छ यहाँ
न्यायको लिलाम बढाबढ हुनुमा के आश्चार्य भयो र जब
कुकुर बिरालाको रोटी लुट्ने बाँदर न्याय मूर्ति हुन्छ यहाँ ।
रेणु
“हेर् पुष्पा मलाई त यो बच्चीको असाध्यै माया लागेर आयो ।” त्यो दिन म स्कूलबाट आउदै थिएँ, रेणु आँगनमा थिई ।
“अहो ! कति धेरै माया गरेको हो बहिनीलाई ? मामु खोइ त नानी ? ”
“म त अंकल आन्टीकोमा बस्छु ।”
“अनि … ? तिम्रो घर चाहिं कहाँ हो ?”
“रामेछाप, गाउँको अंकल आन्टीले काठमान्डौमा पढाउँछौं भनेर ल्याउनु भएको ।”
डिसी साहित्य सम्मेलन भव्यताको साथ सम्पन्न
अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भब्यताको साथ सम्पन्न भएको छ । विभिन्न विधामा विशिष्टता हासिल गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउने दश जना नेपाली तथा नेपाल र नेपालीहरूलाई विशिष्ट रुपमा सहयोग गर्ने तीन जना विदेशी सामाजिक नायकहरूलाई सम्मान तथा अनेसासले हरेक दुई बर्षमा प्रदान गर्ने उत्कृष्ठ पुरस्कार स्वरुप नगद तथा ताम्रपत्रद्वारा पुरस्कृत गरिएको छ ।
गरिबी
जाडोको मौसम छ, आफ्नो घर बाहिरको बरन्डाको एक छेउमा घाम लागेको ठाउ पट्टि बसेर दिल परियार लुगा सिउन ब्यस्त छन ।
घरभित्रको झ्यालबाट छोरा सन्तोषले टाउको अलिकति निकाल्दै चिच्याउदै भन्यो, “बुवा बुवा । मलाई अति नै जाडो लाग्छ मेरो लागि पनि एउटा कोट सिलाइदिनु न ।”
दिल परियारले उत्तर दियो, “छोरा ! अहिले घाम लागेको छ । जाऊ, एक छिन गएर बाहिर घाममा खेल बाबु । आज फुर्सद भयो भने म सिलाइदिउँला ।”

तिमीसँग हारेको म प्रेमी पुरानो
कोदाली र हथौडाले उठाएको फोको देखेँ
पल पलमा रुने बानी तिम्रो सधै तिम्रा परेली रुझेका
बिदेशले लुट्यो सबै खुसी
हँसिया हथौडा देखाएर भोट माग्नेहरू
सिनै जस्तो गनाए पनि खाइन्छ त्यो सिद्राको के कुरा
बास सयल महलको, सयर पजेरोको,नाम सर्वहारा