Skip to content

editor

प्रचण्ड गर्मी भो जब

बांगो टिंगो हुदै फूल वनको शहरै भरी
फैलियो क्यातुके धेर, झ्याम्मियो अनि बेसरी

वनमारा सरी फैली, बगैंचा ढाकने भयो
थुगेफूल नरम् पार्दै, क्यातुके खुब हौसियो

आफ्नै रंग रँगाउने, तयारी पुष्पको थियो
तेसैले मच्चियो ढाक्न, नैतिकता सबै गयो

तेस्रो अनेसास अन्तर्राष्ट्रिय पुरस्कार वितरण तथा कवि गोष्ठी – देखेको लेखेको

अ.ने.सा.स.को नामबाट ७० वटा शाखा विस्तार गरेर आप्रवासमा नेपाली साहित्यको विकासमा उल्लेखनीय काम गर्दै आएको वास्तविकतालाई कसैले नकार्न सक्दैन । तर वर्तमान अवस्थामा साहित्यलाई बुझेकोभन्दा बुझ्न थालेको र बुझ्ने अवस्थामा रहेकाहरूको भीडमा रुमल्लिरहेको भन्ने समाचारले बिस्तारै जरा गाड्दै गएको छ । पुरानाहरूले निरन्तरता दिदैजानुको साटो छोड्दै जानुले पनि यो कुरा प्रमाणित गर्दै गएको छ । संस्थालाई हिङ बाधेको टालोको रुपमा कहिलेसम्म देखाउने ?

कोदाली र हथौडाले उठाएको फोको

कोदाली र हथौडाले उठाएको फोको देखेँ
अन्न सबै साहुकोमा किसान ऊ भोको देखेँ

पोखिरा’छ परिश्रम उब्जा राम्रो बनाउन
पेट भर्ने केही छैन पिरै पीरको पोको देखेँ
अन्न सबै साहुकोमा किसान ऊ भोको देखेँ

पश्ताचाप

पल पलमा रुने बानी तिम्रो सधै तिम्रा परेली रुझेका
हँसाउने मन त साह्रै थियो तिमीलाई तर यी मेरा
हातहरू पनि टुटेका

तिम्रो गालामा बगेका आँशु पुछ्न पनि गाह्रो हुन्छ मलाई
के नै गर्न सक्छु तिम्रो लागि
फेदैमा पाइला टेकाउन त गाह्रो हुन्छ मलाई कहा
सक्छु सगरै चुम्न
अभागी सन्तान म, भाग्यै यस्तो कोरिएछ

अमेरिकामा भानुको शालिक अनावरण साथै नेपाली भाषा दिवसको प्रस्ताव

अमेरिकाको डिसी महानगर क्षेत्रमा भएको तेश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा भानुको शालिकको अनावरण अमेरिकाका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्मा (विद्या वारिधि)ले गर्नु भयो । भानुभक्तको शालिकलाई नेपालबाट अमेरिका ल्याउने जिम्मा पाएका अनेसास डिसी शाखाका अध्यक्ष तथा भर्जिनियाका कवि प्रकाश नेपालले उक्त कामको लागि छ महिना समय दिइएकोमा आफ्नो पहलमा उक्त भानुको शालिक एक महिनामा ल्याएको जानकारी दिए ।

चुनाब

हँसिया हथौडा देखाएर भोट माग्नेहरू
रुखको छहारी देखाएर भोट माग्नेहरू
हत्केलाका रेखाहरू देखाएर भोट माग्नेहरू
गाईको पवित्रता देखाएर भोट माग्नेहरू
अनि,
तिमीहरू जस्तै अनेकौ छाप देखाएर भोट माग्नेहरू

सिनै जस्तो गनाए पनि

सिनै जस्तो गनाए पनि खाइन्छ त्यो सिद्राको के कुरा
साथै हिँडाल्न नसकेपछि अब उनको चरित्रको के कुरा

सयौं पापी डुबुल्की मार्छन अनि पाप पखाल्छन यहाँ,
के बगेको छ साथमा ? चोखो छ रे गंगा उनी भित्रको के कुरा

पाँच मुक्तक (बाउसे भन्ने नै नभए)

१)
बाउसे भन्ने नै नभए कोदाली कहाँ हुन्थ्यो
ओराली भन्ने नै नभए उकाली कहाँ हुन्थ्यो
अब आफै कल्पना गर्नु होस् त मेरो हजुर
मायाँ गर्ने श्रीमती नै नभए ससुराली कहाँ हुन्थ्यो ।

२)
अगाडि पछाडि भीड हुनेको भारी फुर्ति हुन्छ यहाँ
चोर गुण्डाहरूकै सधैं भरि ईच्छा पूर्ति हुन्छ यहाँ
न्यायको लिलाम बढाबढ हुनुमा के आश्चार्य भयो र जब
कुकुर बिरालाको रोटी लुट्ने बाँदर न्याय मूर्ति हुन्छ यहाँ ।

रेणु

“हेर् पुष्पा मलाई त यो बच्चीको असाध्यै माया लागेर आयो ।” त्यो दिन म स्कूलबाट आउदै थिएँ, रेणु आँगनमा थिई ।

“अहो ! कति धेरै माया गरेको हो बहिनीलाई ? मामु खोइ त नानी ? ”

“म त अंकल आन्टीकोमा बस्छु ।”

“अनि … ? तिम्रो घर चाहिं कहाँ हो ?”

“रामेछाप, गाउँको अंकल आन्टीले काठमान्डौमा पढाउँछौं भनेर ल्याउनु भएको ।”

डिसी साहित्य सम्मेलन भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भब्यताको साथ सम्पन्न भएको छ । विभिन्न विधामा विशिष्टता हासिल गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउने दश जना नेपाली तथा नेपाल र नेपालीहरूलाई विशिष्ट रुपमा सहयोग गर्ने तीन जना विदेशी सामाजिक नायकहरूलाई सम्मान तथा अनेसासले हरेक दुई बर्षमा प्रदान गर्ने उत्कृष्ठ पुरस्कार स्वरुप नगद तथा ताम्रपत्रद्वारा पुरस्कृत गरिएको छ ।

बास सयल महलको

बास सयल महलको, सयर पजेरोको,नाम सर्वहारा
जुन जोगी आए नी कानै चिरेका सबै दल हुन जन्ता मारा

निर्वाचन सकियो, लाग्नु पर्ने संबिधान लेख्न, फेरि पुरानै
सत्ता लिप्साको नौटङकी रच्दै छौ रे के हो नेताज्यू यस्तो पारा

प्राय: जसो अफिसमा

प्राय: जसो अफिसमा कमाएको कुरा हुन्छ
डिस्को नाच र रेस्टुराँमा रमाएको कुरा हुन्छ

तोकिएका जिम्मेवारी,काम काजभन्दा पनि
दिनभरिमा कसले कति थमाएको कुरा हुन्छ

गरिबी

जाडोको मौसम छ, आफ्नो घर बाहिरको बरन्डाको एक छेउमा घाम लागेको ठाउ पट्टि बसेर दिल परियार लुगा सिउन ब्यस्त छन ।

घरभित्रको झ्यालबाट छोरा सन्तोषले टाउको अलिकति निकाल्दै चिच्याउदै भन्यो, “बुवा बुवा । मलाई अति नै जाडो लाग्छ मेरो लागि पनि एउटा कोट सिलाइदिनु न ।”

दिल परियारले उत्तर दियो, “छोरा ! अहिले घाम लागेको छ । जाऊ, एक छिन गएर बाहिर घाममा खेल बाबु । आज फुर्सद भयो भने म सिलाइदिउँला ।”

निमेशभरको भेट

निमेशभरको भेट सम्झना भो सधैंलाई
हँसिलो मुहार उन्को कल्पना भो सधैंलाई

आँशुको गहमा देख्छु प्रतिबिम्ब अँझै पनि,
नमेट त्यो रुप प्रभु प्राथना भो सधैलाई