एक रात तिमीसँग


एक रात तिमीसँग कटाउनुको मज्जा बेग्लै
जिस्काउँदै हात हाली सताउनुको मज्जा बेग्लै

कता कता छोई दिदा सलबलाई हातहरूले
मिठा मिठा घटनाहरू घटाउनुको मज्जा बेग्लै

छेक्दै थियो लाज सर्म बेईमानी त्यो पछौरीले
सुस्त सुस्त त्यो पछौरी हटाउनुको मज्जा बेग्लै

मिल्नसम्म मिल्यो मौका बस्ने ठाउँ सानो हुदा
एकै ठाउँमा दुवैजना अटाउनुको मज्जा बेग्लै

प्यासिएका मनहरू धेरै दिनमा भेट हुदा
यौवनका प्याला दृरा मताउनुको मज्जा बेग्लै

स्काई नवीन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *