Skip to content

आऊ मीठा कुरा गरौं


समाएर दुवै हात, आऊ मीठा कुरा गरौं,
बजाएर वन्का पात, आऊ मीठा कुरा गरौं

मन्दमन्द हावा चल्दा, शरदको आभाभित्र,
मधुर् मिलनको रात, आऊ मीठा कुरा गरौं

भिन्न शरिर एकै आत्मा, एकाकार अनन्तमा,
नारी पुरुष् दुई जात, आऊ मीठा कुरा गरौं

चन्द्रसँग चाँदनीको, सम्बन्धको सिको गर्दै,
जवानीको लिई मात, आऊ मीठा कुरा गरौं

हाम्रो जीवन् साथसाथ, चलोस् सयौं जुनीभरि,
जुटाएर दाल भात, आऊ मीठा कुरा गरौं

“निर्भीक्”लाई पागलको, दोष दिंदा समाजले
दिल भित्र नदेऊ घात, आऊ मीठा कुरा गरौं

चूडा निर्भिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *