Skip to content

editor

तोदालाई स्वागत

विगत केही वर्षदेखि मुलुकको अर्थतन्त्रलाई चलायमान बनाएको छ, रेमिट्यान्सले । नवोदित लेखिका उमा सुवेदीको उपन्यास तोदा की मूलपात्र पार्वती र थुप्रै सहायक पात्र रेमिट्यान्सवाहक बनेका छन् ।

लडाइँ: बेइमान राजनीति विरुद्ध

आख्यानकार नयनराज पाण्डेले डेढ दशकअघि ‘उलार’ उपन्यास मार्फत प्रस्तुत गरेको नेपाली राजनीतिको एउटा व्यङ्ग्यचित्र निकै प्रशंसित भएको थियो।

मधेशका मुसलमान

मधेश आन्दोलनपछि मधेशको चर्चा भिन्न तरिकाले चर्को भए पनि तराई–मधेश जहिल्यै काठमाडौंको चासोमा रहेको गोरखापत्र को समाचारले देखाउँछ।

हिन्दु नारीको लागि तीज

हिन्दु नारीहरूको लागि महान अनि पबित्र चाड हो तीज, ! जुन हरितालिका नामले पनि प्रशिद्ध छ। हरेक बर्ष घुम्दै समयको चक्रसँगै यस पाली पनि अखण्ड सुहाग र पतिको अटल दिर्घायु तथा सु-स्वास्थ्यको लागि साथै आफ्नो सन्तानको दिर्घायु सु-स्वास्थ्य र सफलताको कामना गर्न हरेक हिन्दु नारीको मन मस्तिष्क र घर आगनमा पुर्वबाट प्रभातका लालीले चिहाए झै चिहाइसकेको छ यो बर्ष पनि ।

आफ्नो धर्म र संस्कृतिको परम्परालाई जोगाउनु मात्र हैन आफू भित्रको आत्मा सन्तुष्ट प्राप्त पनि गर्दछन नारीहरूले।

लेख्नु केटाकेटीको खेल हो र !

चञ्चल स्वभाव हुने बालबालिकालाई कडा अनुशासनमा राख्नु भन्दा धैर्यवान भएर लेख्न सक्ने बनाउनु अभिभावकको कर्तव्य हुनुपर्छ ।

ल्हासामा भृकुटीलाई भेट्दा

दक्षिणको हरियाली भूमि छाडेर ल्हासा पुग्दा वेग्लै भाषा, संस्कृति र भेषभूषामा घुलमिल हुन भृकुटीलाई कति गाह्रो भयो होला भन्ने सोचेर मेरो मन भावुक भयो ।

ठमेलमा एक रात

डान्सबारमा काम गर्ने महिलाका मुद्दामा धेरै पटक आफैंले आवाज उठाए पनि उनीहरूले काम गर्ने ठाउँ हेर्ने र वातावरण बुझ्ने मौका जुरेको थिएन ।

आमा

मैले केही सोध्न नपाउँदै
आफ्नो व्यथाको अग्लो पहाड
ओठको सानो मुस्कानमा लुकाएर
कुनै अपरिभाषित सुखझैं
मेरो हालखबर सोधिहाल्नुहुन्छ
मेरो सञ्चोविसञ्चोमा
कैले हाँस्नुहुन्छ, कैले रुनुहुन्छ

धनको गरिब भए पनि

धनको गरिब भए पनि, साथ दिउँला जुनीभर
दुई मुटुको धड्कन् बन्दै, हात दिउँला जुनीभर

आलिसान महल छैन, झुपडीको बास मेरो
दिगो प्रीति सजाएर, आँत दिउँला जुनीभर

जंगल झाडी खोला र नाला

जंगल झाडी खोला र नाला नेपाली तर्दछन्
देशको भार बोकेर सपुत नेपालमा बड्दछन्
सबभन्दा पैले परेको भार भरिया बर्गमा
त्यस पछि दोश्रो परेको भार कृषक सर्बमा

बाणिज्य क्षेत्र विकास गर्ने भरिया वर्गले
घृणित शोषित बनाएका छन् अन्य ती वर्गले
गर्दछन् काम बोक्दछन् भारी श्रम छ यिनको
श्रमको फल पाउन्नन् तिनी शोषण छ तिनको

कुम्भ मेला २०१३– एक चिनारी

हाम्रो जीवन यात्रा हो, राम्रो रमाईलो हदै
तय गर्नु छ यात्रा यो, दिवाकर उदाउँदै ।

रंग रोगनले युक्त, धरती स्वर्ग तुल्य छ
शब्दार्थ कुम्भको मेला, नियात्रा यो अमूल्य छ ।

ङादा ङ्योइजी बिसाम (गजल)

ङादा ङ्योइजी बिसाम ज्याबान मुला बिसाइ
घाल घाल ताबा तिङ्दा ख्याबान मुला बिसाइ

ब्लेक ख्लासी फ्याङ्सी थारेङ तासी थे टिसाइ
खाला बिसी दिन म्हुन घ्याम च्याबान मुल बिसाइ

ऋतु वैराग

जब
उज्यालो रातमा
चन्द्रमा मलाई भेट्न
शीतलहरको साथमा
मुस्काउदै बाटो लाग्छ
तल आउदा मेरो अनुहारमा खुशीको पालुवा
पलाएको देखी देखी
उफ्रदै फिर्ता हुन्छ

वर्गसङ्घर्ष

सधैँझैँ आज पनि उही दृश्य, प्रभाले फ्याँकेको स–साना ढुंगा भुईमा नलागेर उसको हृदयमा लागिरहेको छ, किनकि उसको हृदयको तारमा पनि झङ्कार भइरहेको थियो । आँखा नै बन्द हुँदैनथे, ऊतिर हेरिरहँदा प्रभाको गोरो शरीर, चञ्चलपना त्यसमा पनि नीलो रङको धारिवाल कमिज लगाएकी थिई । एक हिसाबले प्रशान्त प्रभाको रुप वसन्त ऋतुमा फक्रिएको फूलजस्तै जीवन देखेर भित्रभित्र पागल भइसकेको थियो ।

अज्ञानी छौं ज्ञान दिनोस

अज्ञानी छौं ज्ञान दिनोस सरस्वती माता
विद्या बुद्धि दान दिनोस सरस्वती माता

कुभावना हटोस् सबको सन्मार्गमा लाग्दै
इज्जत अनि मान दिनोस सरस्वती माता

आक्राउ आमा तिराकुनु (गजल)

आक्राउ आमा तिराकुनु खाला ताम्सालिङ
बेनान छार्बा म्हेन्दोम्राङ ताला ताम्सालिङ

गादे म्हेन्दो छार्जी गादेल च्योदो क्युत्ची
लेबाफेबा चुस्पा गे थुम्ना लाला ताम्सालिङ

मनसुनको मरुभूमिको फूल कुवेतमा सधै फूलिरहोस

तपाई के गरे खुशी हुनु होला ? यो प्रश्नको जवाफ तपाईंसँग मात्र हुन्छ अनि अलिकति तपाईको जीवन साथीलाई थाहा हुन्छ । तर जीवनसाथीबाट सबै खुशी हुन्छन भन्ने हुदैन । मानिस आफ्नै सन्तानवाट पनि खुशी हुन्छन भन्ने छैन । मानिसको खुशी फरक फरक श्रोतवाट प्राप्त हुन्छ । मानिसका आकांक्षा फरक फरक विधामा अन्तर्निहित हुन्छन । यौवन र यौन सबैका लागि खुशी दिने कुरा हुन नहुन पनि सक्छन । एउटा समय र प्रकृति प्रदत्त कुरा कसैको जीवनमा स्थायी हुन्नन । यसर्थ घर परिवार, आफन्त, सन्तान र बैभव मात्र मानिसको खुशी भर्ने श्रोत होइनन ।

MinThapa

गमलामा बलात्कृत फूल

फूल, फूलजस्तै मगमगाउँदो लालित्य नहुँदो रहेछ
फूल जीवनजस्तै मधुर सुगन्ध नहुँदो रहेछ
ओठको पाप्राबाट पत्रपत्र उप्किएको
हाँसोको टुक्रा ऐनामा प्रतिबिम्बित
प्रतिच्छाया बनेजस्तै
आलङ्कारिक बिम्ब नहुँदो रहेछ
बादलको चादरमा लम्पसार माथिमाथि
उड्दै चम्किरहने एउटा आशाजस्तै