Skip to content

जंगल झाडी खोला र नाला


जंगल झाडी खोला र नाला नेपाली तर्दछन्
देशको भार बोकेर सपुत नेपालमा बड्दछन्
सबभन्दा पैले परेको भार भरिया बर्गमा
त्यस पछि दोश्रो परेको भार कृषक सर्बमा

बाणिज्य क्षेत्र विकास गर्ने भरिया वर्गले
घृणित शोषित बनाएका छन् अन्य ती वर्गले
गर्दछन् काम बोक्दछन् भारी श्रम छ यिनको
श्रमको फल पाउन्नन् तिनी शोषण छ तिनको

कृषक वर्ग कृषि नै गर्छन् नेपालमा जहिले
जो गर्छ काम ऊ खान्छ माम हुदैन अहिले
यी गर्छन् काम बर्ष नै भरी पेट्पाल्न सक्दैनन्
पहाडी कृषक् नपाई खान तराई लाग्दैछन्

नेपाल आमा के यस्तो दुख दिएको छोरालाई
कसैलाई भने सुख र चैन एउटै छोरालाई
समान हक दिएर आमा समान पारिदेऊ
समान पारीदिएर मात्र हामीलाई छाडीदेऊ

कोही छन् धनी कोहीछन् गुर्व हाम्रो यो समाजमा
धनीलाई भने चुलिनै पर्ने के यस्तो जमाना ?
हेर्नु होस यस्तो दुर्व्यवस्थाले समाज पिटियो
शोषण रहित् भन्ने यो गुण चटक्कै झिकियो

– स्व कर्णबहादुर माझी

Leave a Reply

Your email address will not be published. Required fields are marked *