Skip to content

editor

कुपोषण

रुखको छेउमा रहेको बीऊ उम्रन लाग्दैछ
अनुकुल हावा पानी सब पाई भर्खर जाग्दैछ
भर्खर मात्रै उम्रिई अब थाल्दैछन् बढ्नलाई
ती सब भाग काम लिई बढ्न लाग्दछन् खट्नलाई

आ–आफ्नो काम लिएर सब भाग डटेर लागेछन्
भर्खर अब ती भाग सब काममा लागेछन्
प्रसस्त मात्र थिएन खाना त्यो रुखो ठाउँमा
त्यो एउटा रुख रहेको थियो सोषक नाउँमा

जिउँदै पनि मरे जस्तो

जिउँदै पनि मरे जस्तो मानिसको चोला रैछ
यता ताक्दा उता लाग्ने रबरको गोला रैछ ।

यता टालें उता टालें कति टालें यो जिन्दगी
जति टाल्यो उध्री जाने च्यात्तिएको झोला रैछ ।

तिम्रो मालिक

यो पुरै विश्वमा अशान्ति मच्चिएको बेला कहा तिमी आफनो घरमा शान्ति खाज्छौ । त्यसमा पनि तिमी त मेरो ममाको नोकर, तिमी त अरुको चाकरी गरेर आफ्नो परिवारलाई सन्तुष्ट राख्न चाहन्छौ । यसलाई त म मनको लड्डु घिउसित खानु जस्तै मान्छु ।

हुन त म एयटी मामालाइृ भेट्न आएकी भान्जी मात्रै मैले एक दिन भए पनि तिमी घुक्र्याएर खानुपर्ने तर किन गर्थे र म त्यसो मेरो मानवता बज्रिएको मन छ । त्यसैले होला तिम्रो बारेमा यति धेरै सोच्दै ।

एकान्तमा हुन्छु म

एकान्तमा हुन्छु म तिम्रो सम्झनामा
रातभरि रुन्छु म तिम्रो सम्झनामा ।

जबदेखि तिमीले मलाई छोडेर गयौ
तिम्रै तस्वीर चुम्छु म तिम्रै सम्झनामा ।

दुई मुक्तक (कालो बादल मडराउँछ)

१)
कालो बादल मडराउँछ सूर्य देवलाई डस्छ
चारैतिर कालो छर्छ सबमा कालो रूप घस्छ
क्षणिक हुन्छ ग्रहण त हट्नै पर्छ हट्छ
पुनः सूर्य उदाउँछन् यिनमा देह सिच्ने रस छ

लोरा बनी सधैँभरि (तीन मुक्तक)

१)
लोरा बनी सधैँभरि तिमीमाथि नाचिदिम्ला
पिरो नूनिलो जति होस न तिमीसँगै बाँची दिम्ला
थाहा पाई थाहा पाई घोटी घोटी जिन्दगी नै सक्छ थाहा छ
तर पनि भुली चोट तिमीसँगै हाँसी दिम्ला

खेत बारीमा गोडमेल

खेत बारीमा गोडमेल पनि जान्छु भन्थ्यो
पाखा बारीमा मलको डोको लान्छु भन्थ्यो

बोलाएर लेराउनु पर्थ्यो कतै टाढा हुदाखेरि
आमाले अराएको सबैकाम मान्छु भन्थ्यो

कहाँ गै फेरौं सास

गरिबको छोरो कसरी पढ्छ आइए र बीए पास
धनीलाई मात्र रहेछ चैन अरुको छैन आस

नेपाली हामी सढेछौं ज्यादा नराम्रा सोचले
गाऊँ र घर विग्रियो आज खेलेर जुवातास

बरको डाली नुहेर छोला कि

बरको डाली नुहेर छोला कि है लौ लौ रेसम लौ लौ
चौतारीमा मै बसो होलाकी है लौ लौ रेसम लौ लौ

पानी खान झरेको अहिले लौ लौ रेसम लौ लौ
पापी मन बुझाउने म केले लौ लौ रेसम लौलौ