परिचय
प्राध्यापक, साहित्यकार, स्रष्टा द्रष्टा एव म सम्पादक डा. नारायणप्रसाद खनालको जन्म २००९ पूजा-४, बिनति, प्यूठान, रा.अ.मा भएको थियो । हालको स्थायी ठेगाना अग्यौली-९ डण्डा नवलपरासी, लु.अ.मा भएता पनि हाल उहाँ भ.न.पा. -५, चितवन ना.अ.मा अस्थायीरूपमा बस्दै आउनु भएको छ । उहाँ त्रि.वि. वीरेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापनरत हुनुहुन्छ । उहाँको वर्तमान पद प्राध्यापक तथा विभागीय प्रमुख हो । उहाँको शैक्षिक योग्यता एम.ए.(नेपाली) र विद्यावारिधि साहित्याचार्य हो । उहाँ निबन्धकार, समीक्षक, खोज-अनुसन्धान कर्ता र कुशल सम्पादकको रूपमा पनि परिचित हुनुहुन्छ । डा. नारायण प्रसाद खनाल लक्ष्मीस्मृति साहित्य समाज नवलपरासी लगायत दर्जनौ साहित्यिक संस्थाहरूबाट पुरस्कृत, सम्मानित, अभिनन्दितका साथै कदरपत्र प्राप्त गर्ने एक सकृय एव म उच्च साहित्यिक व्याक्तित्व हुनुहुन्छ ।