Skip to content

खेत बारीमा गोडमेल


खेत बारीमा गोडमेल पनि जान्छु भन्थ्यो
पाखा बारीमा मलको डोको लान्छु भन्थ्यो

बोलाएर लेराउनु पर्थ्यो कतै टाढा हुदाखेरि
आमाले अराएको सबैकाम मान्छु भन्थ्यो

खेलबाडको भीड लाग्थ्यो त्यही भीडमा यही
सानैदेखि बुद्धिमान घर गरेर खान्छु भन्थ्यो

रगतले रंगियो नि कठै हाम्रै माटो अनि जातो
बरु एक छाक खान्न आफ्नै पेट हान्छु भन्थ्यो

सौभाग्य बजगाईं (सेतो बाज)
डेनमार्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *