रुखको छेउमा रहेको बीऊ उम्रन लाग्दैछ
अनुकुल हावा पानी सब पाई भर्खर जाग्दैछ
भर्खर मात्रै उम्रिई अब थाल्दैछन् बढ्नलाई
ती सब भाग काम लिई बढ्न लाग्दछन् खट्नलाई
आ–आफ्नो काम लिएर सब भाग डटेर लागेछन्
भर्खर अब ती भाग सब काममा लागेछन्
प्रसस्त मात्र थिएन खाना त्यो रुखो ठाउँमा
त्यो एउटा रुख रहेको थियो सोषक नाउँमा
त्यसको जरापुगेको थियो बारी सब ढाकेर
त्यस बेला ती सब विरुवाहरू आएछन् थाकेर
थिएन त्यहाँ खनिज लवण गएथ्यो रुखमा
ती सब बच्चा बिरुवाहरू परेछन् दुखमा
हिडनु भने छैन है खुट्टा जरा छ गडेको
बसुँनभन्दा खाना नै छैन फसाद परिगो
बिरुवा साना जरा नि साना केही सोस्न सकेन
रुखले सबै खाना छन् जति बाँकी नै राखेन
बिरुवाहरू सोसेथे केही पानी र लवण
बल्ल र तल्ल पतमा ल्यायो पानी र लवण
प्रसस्त मात्र थिएन लवण पानीको मात्रा धेर
परेन कहिले बिरुवा भित्र विकासको मात्रा धेर
………………..
………………..
…….(यहाँदेखि चैं च्यातिएर गएको)
स्व कर्णबहादुर माझी
