मनमा अनेक उमंग बोकेर
अंगअंगमा तरंग भरेर
फागु पनि फुल्यो
चितुचांगे, चाँप, गुराँस फुल्यो
आँगनी, करेसो, कान्ला फुल्यो
वनै फुल्यो, तनै फुल्यो
उभेको छु मजधारमा
डुब्न लागेको घामझै
यसरी यो क्षण
धेरै हिडिसके
पदछापहरू
म प्याग्मिलन
सुम्सुम्याउँछु
प्रोपोडितेलाई
अनि बग्छ
कोशी र कर्णाली
मेरो आँखाभरि, उरभरि
मनभरिका चाहनाहरू
छालझै उर्लिन्छ
बैशालु रहर
तनभरि बएलिन्छ
जसोतसो
हत्केलामा
उचालेको छु
जिन्दगी यसरी !
