Skip to content

दू:खको जीवन कर्मले सप्रिन्छ

  • by


दू:खको जीवन कर्मले सप्रिन्छ एक दिन
पसिना बनेर कोपीला फक्रिन्छ एक दिन

सम्पती ओईरो लाग्दैमा,घमण्ड गर्छ मान्छे,
सुरिलो रुख नि! फलेर लत्रिन्छ एक दिन

उपियाँ बनेर हिड्छ जो, सफल बनी आफू,
संसारै पछाडि लागेर घस्रिन्छ एक दिन

धिक्कार्दै पुर्पुरो रोएर,भाग्य त्यो बदलिन्न
समय र दिन सबैको तग्रीन्छ एक दिन

अर्काको लुटेर खान्छ जो, रुवाई धरधरी,
आफैले खनेको खाल्टोमा बज्रिन्छ एक दिन

कल्पना राई”खुशी”
दोलखा नेपाल
हाल-द.कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *