Skip to content

तिम्रो सधैँ जित कस्तो

  • by
RakeshKarki-02


तिम्रो सधैँ जीत कस्तो आफ्नो हराइले मार्यो
आयो जवानी या उन्को मन पराइले मार्यो

व्यर्थै रिसाको बेला एक्लै हुँदा मर्माहत
छातीभरि बल्झेको उफ् घाउ चराइले मार्यो

बस्दा नबोलेरै केही पश्चातको सम्झौता
झन् आँसु टिलपिल गहमा थोपा झराइले मार्यो

टाँस्सेर पश्चाताप गर्दै सास लामो फेर्दै
फुर्काउने लाडे मीठो बात गराइले मार्यो

अङ्कुश सुरू भइगो झट्टै फेरि यो गर् त्यो गर्
मन्जुर छ मान्या मान्यै तिम्रो अह्राइले मार्यो

(बहर : मुतकारिब मुसद्दस् अस्लम मुदाइफ
सूत्र : मुस्तफ्इलुन्++ + +म‌फ्ऊलुन् +‍ मुस्तफ्इलुन् + म‌फ्ऊलुन्++++
SSIS SSS SSIS SSS)

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *