Skip to content

भत्काएर मेरो स्वर्ग

  • by


भत्काएर मेरो स्वर्ग, तिम्रो धर्ती टेक्नु छैन अब
खोपीखोपी तिम्रो दिलमा मेरो नाउँ लेख्नु छैन अब

जून हुँ म आफै उज्याली छु चाहिँदैन तिम्रो प्रकाश
जाउ बरु यहाँबाट कालो रात देख्नु छैन अब

जन्मे एक्लै मर्छु एक्लै संसारको नियम हो यो आखिर
दु:ख दर्द जे पर्छ सहन्छु केही छेक्नु छैन अब

चिसो मुटु चिसो सम्बन्ध हामी बीच रहेपछि
चिसिएको उस्तै हाम्रो नाता भैगो सेक्नु छैन अब

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *