जसोतसो जिन्दगी यो बित्दै जाँदैछ
समयले उसै गरी निल्दै जाँदैछ
अचम्मैको छ यो हृदयको कोलाज
अनगिन्ती यादहरू खिच्दै जाँदैछ
कहिले लाग्छ जिन्दगी यो जादु जस्तै
यौटा पाटो राख्छ अर्को झिक्दै जाँदैछ
एउटा नाथे जीवन जिउन मान्छे
नचाहेरै बजारमा बिक्दै जाँदैछ
जित्नलाई संसार हरेक गर्छ मान्छे
जे गरे नि मृत्युले नै जित्दै जाँदैछ
बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं
