बिहानै गर्जेर उसले भन्यो
आइज फर्केर उसले भन्यो
मरेर गरेको त्यो पल त्यागको
खै मूल्य झर्केर उसले भन्यो
पक्कै आँउछ भन्दै अवसरलाई
नबस्नू पर्खेर उसले भन्यो
सहनै सकिन बिछोडको पीडा
छाती यो चर्केर उसले भन्यो
हाम्रो साथ तोडी अरु के पायौ
यतिका खर्चेर उसले भन्यो
-मौसमजी भण्डारी “क्यानभास”
हाल :- यु.ए.इ.

gajaul camid
ma lai man paryo mausam g thanks