Skip to content

विविध-विधा

मन बुझाउन

मन बुझाउन मसँग कुनै पनि पाटो छैन
आफ्नो भन्नु संसारमा एकमुट्ठी माटो छैन

आफन्त सबै पराई भए पराईको कुरै छोडौं
लक्ष्यविहिन यात्री म हिड्नलाई बाटो छैन

डर लाग्दो खाटो देखे

किन होला सपनीमा रगतको टाटो देखे
लुटिएको चेलीको डर लाग्दो खाटो देखे

मडारिदै कालो बादल चारैतिर आकाशमा
चट्याङको चोट पर्दा अशान्तिको दोबाटो देखे

रोकिएछन् पाईलाहरू हराएछु शुन्यतामा
चिच्याउँदा आवाज छैन आफैलाई लाटो देखे

मरी मेटी रहेछन…………… (मुक्तक)

वीर गोर्खालीहरू लडे देशका सीमा किल्लाहरू जोगाउन
आफ्ना सन्ततिलाई देशको वास्तविक रुप रेखा देखाउन
खै त देश प्रति माया अहिले देशका अग्रज हौ भन्नेहरूसँग
उल्टै मरी मेटिरहेछन आपसमा आफ्नै कुर्सी र पद बचाउन

चरित्रको खुनी भयौ

म सरल अभिमन्यु तिमी सकुनी भयौ
के विराएकी थिए चरित्रको खुनी भयौ

काम गर्ने हनुमान नाम कमाउने ढेडु
आफन्त इष्ट मित्र सामु अति गुनी भयौ

चार मुक्तक (धारै नभए तरवार पो किन चाहियो)

सहमति खोज्न होटल अनि रेष्टुरेन्ट धाऊ
भोलि मिल्छ मिल्दैन आऊ आज मिलेर खाऊ
किन लिने व्यर्थमा पीर नो टेन्सन यार
हामीलाई के मतलब डुबे डुबोस थोत्रो यो नाऊ ।

अनजान मै ठोक्यो जिन्दगी खै कता कता

अनजान मै ठोक्यो जिन्दगी खै कता कता ।
थाहै नपाई रोक्यो जिन्दगी खै कता कता ।।

न त आंधी आयो न त हुरी नै चल्यो कतै
तैपनि फेरी छेक्यो जिन्दगी खै कता कता ।

माटो पानीले बनेको शरीर भन्छ सबै
धमिरै विना मक्यो जिन्दगी खै कता कता ।

माया पिरती मै निहित हुन्छ रे संसार
साहरा बिनै सक्यो जिन्दगी खै कता कता ।।

तिमी बादल बनी आकाशमा ढाकिदेउ

             म पानी बनी बर्सिदिनेछु 

          तिमी आकाश बनी देउ

       म तारा बनी चम्किदिन्छु

    तिमी गोरेटो बनी देउ

म यात्रा बनी लम्की दिन्छु 

भ्यलेनटाईन डे सम्झना

गत बर्ष प्रणय डेमा हाम्रो मन मिलेको थ्यो
मेरो मनको फुलबारीमा तिम्रै फुल खिलेको थ्यो
पकलीमा तिम्ले साँझ भेट्न आको था छ मलाई
तिम्रो राता गाला देखि मन मेरो हिलेको थ्यो
अनि मैले बुढी चोरी औला मिलाई काटेपछि
तिम्ले भन्यौ आत्था आमै बारुलाले चिलेको थ्यो
हाँस्दै हामी एक भयौँ जुन थियो साक्षी त्यहाँ
यस्तो लाग्थ्यो मलाई तिम्रो मिठासले निलेको थ्यो

भ्यलेनटाईन डे सम्झना

मेरो जुँगा तिम्रो ओंठ मिलाएको बिर्सियौ क्यारे
जवानीको जाम मिठो पिलाएको बिर्सियौ क्यारे
चुरा सबै फुटेका थे तिम्रो मेरो हात जुध्दा
दुइटै ज्यान एउटै पारी सिलाएको बिर्सियौ क्यारे
मात मिठो जवानीको होश सबै गुमाएर
सनै सनै नरम बेडमा बिलाएको बिर्सियौ क्यारे
माथि खोपाबाट जुन चिहाएर हेर्दै थियो
मादक हाँसो दिँदै जूनलाई जिलाएको बिर्सियौ क्यारे

SarojKumarShrestha

जिउनुको अर्थ

आज बाँचेर यहा जीउनुको अर्थ खोज्दै छु
यस सृष्टिमा जन्मनु र जन्माउनुको अर्थ खोज्दै छु

जिउनु त आखिर कुकुर बिरालो पनि जिएकै त छन्
तर यहा मनुष्य भएर जीउनुको अर्थ खोज्दै छु

किन मान्दिनौ?

नरोऊ अब हाँस भन्दा किन मान्दिनौ
अन्तै मायाँ गाँस भन्दा किन मान्दिनौ

तिम्रो हाम्रो भेटघाट दुइदिनको मात्र,
संधै हुन्न पास भन्दा किन मान्दिनौ

सपनाको संसार

मेरो आँगन
हरीयाली भएर
ढुक्क छ मन
तिम्रो साथ भएर
सदा छायाँ रहेर ।।१।।

आँखाको ताल
तरङ्ग उठदछ
शिखर पुग्न
कल्पनाको सागर
सपनाको संसार ।।२।।

जागौं उठौं सङ्घर्षमा पीडित भै बस्नु हुन्न

जागौं उठौं सङ्घर्षमा पीडित भै बस्नु हुन्न
यो समाजमा हामी सधैँ दलित भै बस्नु हुन्न

छुवाछुत भेदभाव कलंक हो मानवतामा
भाग्य सम्झी भित्रभित्रै कुण्ठित भै बस्नु हुन्न

चिनारी हो सिप हाम्रो कर्म गर्ने जाँगर छ
संकुचित घेराभित्र सीमित भै बस्नु हुन्न