Skip to content

चरित्रको खुनी भयौ


म सरल अभिमन्यु तिमी सकुनी भयौ
के विराएकी थिए चरित्रको खुनी भयौ

काम गर्ने हनुमान नाम कमाउने ढेडु
आफन्त इष्ट मित्र सामु अति गुनी भयौ

आज मात्र देख्छु भोलि जे–जे होस भन्दै
पाखण्ड फोस्रो आर्दशले आकाश छुनी भयौ

न बग्न सक्छौ न त सुक्न सक्छौ तिमी
रट लगाइरहेर एक ठाउँमा कुहुनी भयौ ।

२०६९।१२।६

Leave a Reply

Your email address will not be published. Required fields are marked *