नरोऊ अब हाँस भन्दा किन मान्दिनौ
अन्तै मायाँ गाँस भन्दा किन मान्दिनौ
तिम्रो हाम्रो भेटघाट दुइदिनको मात्र,
संधै हुन्न पास भन्दा किन मान्दिनौ
छोटो छ जिन्दगी लामो रहेछ यात्रा,
अन्तै जाऊ बास भन्दा किन मान्दिनौ
जति मैले गर्नुपर्ने गरिसके सबै अब
नगर भो आश भन्दा किन मान्दिनौ
धेरै अब तिम्ले जिद्दी नगर भो प्यारी,
समयको नास भन्दा किन मान्दिनौ
फरक यति मात्र, तिम्रो जीवन जिन्दगी हो
यो इन्द्रको लास भन्दा किन मान्दिनौ
अन्तै मायाँ गाँस भन्दा किन मान्दिनौ
dreamindragelal@gmail.com
