नशा हर नजरमा फरक हुँदो रै’छ । दलबीर सिंह बराइली 'घायल' गजल by ghayalmeOctober 1, 2016गाउँ र शहरमा फरक हुँदो रै’छ प्रवास र घरमा फरक हुँदो रै’छ । छाल बनी सयौं किनार चुम्ने गर्छु ढुँङ्गा र बगरमा फरक हुँदो रै’छ । रिसाउँथी छुँदा लजाउँछे अचेल चाहना र करमा फरक हुँदो रै’छ ।
जबदेखि यो जिन्दगी बिमल सिटौला गजल by editorSeptember 30, 2016जबदेखि यो जिन्दगी समयको अधिनमा छ लाग्दछ पुरै जीवन आकाशबाट जमिनमा छ म थाकेको मात्र हु, हारेको किमार्थ होइन ऊफ्! त्यो मलाई फेरि घिसार्न तल्लिनमा छ
तिम्रै लागि बाँचेको मान्छे सञ्जय भट्टराई गजल by sanjay_bhattaraiSeptember 29, 2016माया गर्छु तिमीलाई अति, म त तिम्रैलागि बाँचेको मान्छे, दुख पीडा मन भित्र लुकाइ, तिम्रै लागि हाँसेको मान्छे । कति आए कति गए माया तिमीलाई गर्छु भन्ने, तर दिल अनि कोमल बैँस तिम्रैलागि साँचेको मान्छे ।
दशै आयो फेरि सञ्जय भट्टराई गजल by sanjay_bhattaraiSeptember 25, 2016कालो बादल फाटेर सुन्दर बिहानी छायो फेरि । हर्ष र उमंगको चाड प्यारो दशै आयो फेरि ।। सनातन धर्म हाम्रो हाम्रो चाड हाम्रो पर्व मनाउन, जति टाढा रहेपनी आफ्नै गाउँ फर्की आएँ फेरि । हर्ष र उमंगको …….
पराईलाई आफ्नो ठान्नु डिल्ली प्रसाद खराल गजल by thirsty heart.September 25, 2016पराईलाई आफ्नो ठान्नु भूल थियो मेरो हजारौंमा उस्लाई छान्नु-भुल थियो मेरो आजाद त्यो पन्छीलाई मैले तेति बेला माँया रुपि जाल्मा तान्नु-भुल थियो मेरो
नेवार जातिको मौलिक पहिचानको संस्कार ” इहि “ प्रकाशमान शिल्पकार अन्य www.shilpakarpm.blogspot.com by Prakashman Shrestha -ShilpakarSeptember 22, 2016नेवार जातिको मौलिक पहिचानको संस्कार ” इहि ” प्रकाशमान शिल्पकार
तीन मुक्तक (जुन सरकार आए पनि) कल्पना पौडेल 'जिज्ञासु' मुक्तक by editorSeptember 21, 20161 Comment१ जुन सरकार आए पनि देश फेरिएन दुखी गरिब निमुखाको भेष फेरिएन सर्वहारा वर्गले न त मुक्ति पाए कठै ! चाहनामा लागिरहने ठेस फेरिएन
हृदयको चित्कार मिनिता पौडेल गजल by Minita PaudelSeptember 21, 20162 Commentsम जलेको हृदयको चित्कार लेख्छु गजलमा, निमुखाहरूको पीडाको आकार लेख्छु गजलमा कयौं भोकै मरेकाछन् चुल्हो चिसो भएर नै, मर्नेहरूकै व्यथालाई बार बार लेख्छु गजलमा
मुक्तक हाेम सुवेदी मुक्तक by HomSuvediSeptember 20, 2016माया र नाता विश्वासको भरमा अड्न सक्छ विश्वास नभए रगतकै नाता पनि भस्म भएर डढ्न सक्छ होसियार मित्रहरु मायामा विश्वास गर्नै पर्छ विश्वास नगरिए शङ्काको भूत दिमागै भरी चढ्न सक्छ ।
एक हाइकु मिनिता पौडेल हाइकु by Minita PaudelSeptember 19, 20161.फल झार्न लाई, झटाराे हानेको, तारा पो झर्यो। -यथार्थलाई हाइकुमा
मेला, पर्म, लेकबेशी रामकृष्ण पौडेल अनायास गजल by editorSeptember 18, 2016मेला, पर्म, लेकबेशी बाह्रै यामहरूमा आमाको जिन्दगी बित्यो चैते घामहरूमा यो छोरो परदेशिएको कैयौ वर्ष बित्दा पनि बाआमाको माया सधैं खोज्छु चिठी खामहरूमा
हाँस्नु पर्दैछ डिल्ली प्रसाद खराल गजल by thirsty heart.September 18, 2016दुखी दुखी हाँस्नु पर्दैछ झुकी झुकी बाँच्नु पर्दैछ भित्र भित्रै बहकिने मनलाई रोकी रोकी बाँध्नु पर्दैछ यौटै मात्र आस्थाको लौरी चुकी चुकी भाँच्नु पर्दैछ
तीन मुक्तक (सोचे जस्तो सबैको) चन्द्र भट्ट मुक्तक by editorSeptember 17, 2016१) सोचे जस्तो सबैको मन हुने भए अलग मुटुको एक धडकन हुने भए किन दुःखी हुनेथें र कहीं कोही चाहे जस्तो कसीलो बन्धन हुने भए ।
अधिकार माग्ने होइन शारदा खड्का गजल by editorSeptember 17, 20162 Commentsअधिकार माग्ने होइन खोस्न अघि सर नारी नारा मात्र नघन्काई वास्तविकता छर नारी । विश्व हेर नारीले ’नि चन्द्रमामा पाइला टेके नेपाली पो के कम छौं र संघर्ष गर नारी ।
पुरानै छ पूजा कोमलप्रसाद भट्ट गजल by editorSeptember 17, 2016पुरानै छ पूजा, धुपौरा पुरानै पुरानै छ भान्सा, कचौरा पुरानै भयो के र नौलो, प्रजातन्त्रबाट सधैँ पाक्न थाले, फुलौरा पुरानै
षडयन्त्र देख्छु म कुमार काफ्ले गजल by editorSeptember 10, 20161 Commentषडयन्त्र देख्छु म तिम्रा हरेक चालहरूमा, बरु देख्दो हो माछाले आकर्षण जालहरूमा कोही सत्तामा छ शक्ति भन्दछन् विचारमा कोही, छैन कलमको जति बन्दुकका नालहरूमा
हारेको छु आफैंसँग बसन्त दहाल गजल by editorSeptember 10, 2016हारेको छु आफैंसँग, कसैलाई जित्नु छैन कल्पनामा आकाशको, तारा जून टिप्नु छैन कोमल यो हृदयमा, मायारुपी विष रोपी फेरि पनि नयनहरू,आँशुले लिप्नु छैन
तिमी एक्लै सूर्य चेम्जोङ गजल by editorSeptember 10, 2016तिमी एक्लै यो चियाको बुट्टा नआउनु काँडा बिझ्ला हेर खाली खुट्टा नआउनु विश्वास हो आस्था पनि मन्दिर भनेको कसम खाने हो भने झुट्टा नआउनु
आज नभए भोलिको के अर्थ ? तुलाधर विश्वकर्मा गजल by editorSeptember 10, 2016आज नभए भोलिको के अर्थ ? तुना नभए चोलीको के अर्थ ? बाजा घन्काउँदै जन्ती आए नि, दुलही हराइन् डोलीको के अर्थ ?