गाउँ र शहरमा फरक हुँदो रै’छ
प्रवास र घरमा फरक हुँदो रै’छ ।
छाल बनी सयौं किनार चुम्ने गर्छु
ढुँङ्गा र बगरमा फरक हुँदो रै’छ ।
रिसाउँथी छुँदा लजाउँछे अचेल
चाहना र करमा फरक हुँदो रै’छ ।
कहिले लठ्ठ भैयो कतै मुर्छा पारे
नशा हर नजरमा फरक हुँदो रै’छ ।
निको भाछ थोरै ‘घायल’ मुटु पनि
विश्वास र डरमा फरक हुँदो रै’छ ।
गुप्तेश्वर-३, रामेछाप
हालः अलऐन, संयुक्त अरब ईमिरेट्स
©घायल २०१६
