विविध धर्म सम्प्रदायको सर्वोत्कृष्ट जयन्ती महाशिवरात्रि
शिवरात्रि पर्व किन मनाउने भनेर जान्नका लागि शिव र रात्रिको अर्थ जान्नु जरुरी हुन्छ । शिवरात्रिको पर्व वास्तवमा कुनै दश बाह्र घण्टाको रात्रिसँग संबन्धित छैन बल्की अज्ञान रात्रिसँग संबन्धित छ । रातिको समय अंधकारले छाएको हुन्छ । सबै सुतेका हुन्छन् । काम विकारबाट वसिभूत भएका हुन्छन् । रातिको समय चोर, डाँकुले पनि लुटपात मचाउँछन् । एक प्रकारले तमोगुणमय वातावरण भएको हुन्छ । तर्सथ यो भावार्थलाई हेरेर द्वापरयुग र कलियुगलाई रातको समय मान्न सकिन्छ । सत्ययुग र त्रेतायुगलाई सत्व र रजोगुण भएको समय अर्थात बिहान र दिउँसोको समय भनेर जान्न सकिन्छ । यसरी कलियुग तमोगुणको समय हुन आउँदछ । कलियुगको अन्त्यमा सबै अज्ञान निद्रामा सुतेका हुन्छन् । उनीहरू काम, क्रोध आदि सबै बिकारबाट बसिभूत भएका हुन्छन् र तमोप्रधान अवस्थामा रहेका हुन्छन् । जब जब संसारमा तमोगुणको प्रभाव चरमोत्कर्षा पुग्दछ त्यसलाई मेटाएर सत्वगुण तर्फलैजान परमात्माको अवतरण हुन्छ । हीरालाई काट्न हीरा नै चाहिन्छ भने जस्तै तमोगुणलाई मेटाउन परमात्मा शिवले तमोरुप लिनुपरेको हो । यसको गलत व्याख्या भएर शिवरात्रिका दिन मादक पदार्थ खाने र शिवलाई तमोगुण भएको देवता भनेर अपव्याख्या गर्ने काम भनेको परमात्मालाई अपमान गर्नु हो । तर्सथ कलियुगको अन्त्यको रात्रिलाई शिवको रात्रि भनेर मान्न सकिन्छ । फाल्गुण महिना पुरानो पात्रो प्रणालीमा वर्षो बाह्रौं अर्थात अन्तिम मास हो । फेरि कृष्णपक्षको रात्रिमा त अँझै अंधकार हुन्छ । अतः फाल्गुण महिनाको कृष्णपक्षको चौधौं रात्रि त महारात्रि हुने नै भयो । साधारण अर्थमा रात्रिको अर्थ अज्ञान, अंधकार, पाप र तमोगुणको सूचक हो । अतः कृष्णपक्षको चौधौं रात्रि त घोर अज्ञानता, पापाचार, दुराचारको प्रतिनीधि नै भयो । त्यो महारात्रिको यादमा नै आजसम्म पुरानो वर्षो अन्त्यमा आमावास्यको अन्तमा जुन अँध्यारो रात हुन्छ तव शिवरात्रि महोत्सव मनाउँदछन् ।
पूराणमा एउटा कथा समुद्र मन्थनको बारेमा पनि उल्लेखित छ । त्यस कथामा भनिएको छ मुख्यतः अमृत प्राप्तिको उद्देश्यले देवता र दानव मिलेर मन्दराचल पर्वतलाई वासुकी नागको डोरीले मत्थ्दा अनेकौं रत्न निस्कियो तब हलाहल विष पनि निस्कियो । त्यो एकदमै घातक थियो । त्यसको प्रभाव मेटाउन कोही पनि र्समर्थ भएनन् । शिवजीले त्यसलाई पिउनु भयो । नीलकण्ठको रुप धारण गर्नुभयो । सत्ययुग रुपी अमृत दिलाउनु भयो । यस कथालाई मनन गर्यौं भने तपाईं यो स्वीकार्नुहुन्छ कि यो कलियुगको अन्त र सत्ययुगको प्रारम्भसँग संबन्धित छ । त्यस्तै तमोगुणको अन्त्य गर्नु तथा सत्वगुणको उदय गर्नुसँग संबन्धित छ । त्यर्सथ शिव सत्वगुण चाहन्छ भन्ने कुरा पनि यसैबाट पुष्टि हुन्छ । कलियुगमा सबैमा आसुरी प्रबृत्ति ब्याप्त हुन्छ । त्यस्तै सत्ययुगमा सबैमा सत्व गुण अर्थात दैविक गुणले युक्त भएका हुन्छन् । अतः कलियुग र सत्ययुगको संगमकालमा मानिसमा एउटा संग्राम चल्छ । जुन समुद्र मन्थन जस्तै मन्थन चल्दछ । अमृत प्राप्त गर्नलाई मनलाई मन्दराचल पर्वत जस्तो बनाउनु पर्ने हुन्छ । बुद्धिलाई बासुकी नाग जस्तो बिशाल र बलियो बनाउनु पर्ने हुन्छ । यसरी मन र बुद्धिको सामन्जस्यताबाट ज्ञानलाई मन्थन गर्नुपर्ने हुन्छ । अतः कलियुगको र सत्ययुगको संघर्षको, संगमको महारात्रिलाई महाशिवरात्रिभन्दा दुइमत नहोला ।
स-शरीर रुपलाई शंकर र निराकार रुपलाई शिव मानिन्छ । शिवको प्रतिक स्वरुप शिवलिङ्ग मात्र हुन्छ । जुन निराकार रुपको ज्योतिको प्रतिक हो । जब निराकार रुप साकार रुपमा आउँदछ त्यो भगवान शंकर बन्दछ । परमात्माको दीव्य अवतरणलाई हृदयंगम गर्दा दर्शनशास्त्रीय किसिमले हेर्नुपर्ने हुन्छ । एउटा जटिल समस्या छ कि परमात्मा निराकार हुन् वा साकार – कोही निराकार मान्छन् कोही साकार । बस्तुतः परमात्मा स्वयं त निराकार नै हुनुहुन्छ परन्तु धर्म स्थापनार्थ उहाँ एक साकार तनमा अवतरित हुनुहुन्छ । त्यो साकार रुप परमात्माको स्वरुप होइन वरन् रथको रुप हो । जस्को माध्यमबाट परमात्मा आफ्नो दीव्य कार्य गर्नुहुन्छ । हामी आत्मा हो । हाम्रो शरीर रथ हो । यो नै निराकार र साकारको रहस्य हो । रथको आफ्नो महत्व छ । परन्तु त्यो परमात्मा होइन । हामी रथ होइनौं रथमा विराजमान आत्मारुपी चालक हो । यस अनुभूतिले हामी साक्षीद्रष्टा बनेर आफ्नो ज्योति बिन्दु आत्मालाई सम्झेर ज्योति विन्दु परमात्मालाई निरन्तर स्मृति गरेर अतीन्द्रीय अर्थात सबै इन्द्रिएको आनन्दको बिन्दुको अनुभूति गर्न सक्दछौं । घोर कालरात्रिलाई परमात्माको ज्योति बिन्दुले मात्रै पन्छाउन सक्दछ र त्यो पन्छाएको रात जुन नीलकण्ठ भएर शिवले गर्नुभएको संर्घष्ाको रात नै शिवरात्रि हो भन्ने नै पुष्टि हुन जान्छ ।
शिवलिङ्ग वास्तवमा शिवको नै स्मरणको प्रतिक हो । शिवलिङ्गको जुन आकार छ त्यसबाट स्पष्ट हुन्छ कि यो कुनै देह रुपको अर्थात कुनै मानिस वा देवी देवताको प्रतिमा होइन बल्की ज्योति स्वरुप परमात्माको स्मरणको चिन्ह हो । किनकि देह नभएको भनेको एक मात्र परमात्मा हुनुहुन्छ । अन्य सबै स्थुल र प्रकाशमय देहका हुन्छन् । शिवलिङ्गका पनि नामहरू छन् :- पशुपतिनाथ, त्रिभुवनेश्वर, मुक्तेश्वर, र्सर्वेश्वर, गोपेश्वर, विश्वनाथ, त्रयम्वकेश्वर, त्रिमूर्ति – अर्थात व्रम्हा, विष्णु, शंकरका रचयिता ) तर्सथ यी यस्ता नामहरू मानिस तथा देवताको हुनै सक्दैन । तर पनि आर्श्चर्यको कुरो यो छ कि प्रायः मानिसहरू भन्छन् ” परमात्माको कुनै रुप छैन ” तर सोच्नु पर्ने कुरो यो छ कि परमात्माको कुनै रुप छैन भने भक्तहरू परमात्माको दर्शनको कामना किन गर्छन् – भक्तहरू किन दर्शनको निम्ति,साक्षात्कारका निम्ति बेचैन हुन्छन् – व्यवहारमा यस्तो लागू हुँदैन । घरमा यदि आमाबुबाको फोटो छ तर बच्चाले भन्छ कि थाहा छैन यो कस्को फोटो हो । यसरी त कुनै अनाथले मात्रै भन्न सक्छ । कुनै पनि वालकले मेरो आमाबुबाको नाम छैन भनेर पनि भन्न सक्दैन । यदि ऊ सानैमा टुहुरा र अनाथ छ भने, हो यो चाहिँ भन्न सक्दछ कि “म आफ्नो आमाबुवाको नाम र रुप जान्दिन ” । परन्तु आज कस्तो आर्श्चर्यको कुरा छ कि हाम्रो पर म पिता परमात्माको कुनै नाम र रुप छैन । कुनै मानिसको कुरा गर्दा हामी यस्तोसम्म भन्छौ्रं कि त्यो मानिसको कुनै नाम निशानै छैन । हामी तब मात्र यस्तो भन्न सक्छौं जब उक्त मानिससँग हामी चिढिएका हुन्छौं । तर्सथ परमात्माको बारेमा यस्तो सोच्नु त अज्ञानता र धृष्टताको प्रतिक हो ।
प्रायः मानिसहरू भन्छन् कि परमात्मा शिव स्वयं त निराकार हुनुहुन्छ र सबै ठाउँमा व्यापक हुनुहुन्छ, शिवलिङ्ग केवल उहाँको प्रतिक हो । उनीहरू भन्दछन् कि निराकार र र्सवव्यापक परमात्माको स्मरण गर्न असम्भव छ, अतः निराकार परमात्माको उपासनाको सुबिधाको लागि यो अशरीरी मण्डलाकार रुप बनाइएको हो । वास्तवमा उनीहरूको यो मान्यता पनि गलत छ । सत्यता त यो हो कि सबै आत्माहरू शूक्ष्मातिशूक्ष्म, ज्योति स्वरुप,अणुरुप अथवा बिन्दु रुपका हुन्छन् र शिव ती सबैभन्दा पर म अर्थात र्सव श्रेष्ठ हुनुहुन्छ । परन्तु उहाँ पनि ज्योति विन्दु रुपकै हुनुहुन्छ । विन्दु मण्डलाकार त हुन्छ नै । जिरो अथवा विन्दुलाई मण्डलाकार रुपमै अंकित गर्नुपर्ने हुन्छ । तर विन्दुको आकारको प्रतिमा बनाउन सक्ने कुरो पनि संभव भएन । अतः भक्ति यव म पूजाको निमित्त उहाँको प्रतिमा एउटा ठूलो मण्डलको आकारको बनाइएको हो भन्ने कुरो बुझनु जरुरी छ ।
भारतमा र नेपालमा मात्र होइन वेविलोन,मिश्र, रोम, युनान र चीन जहाँको सभ्यता विश्वको प्राचीन सभ्यताको रुपमा लिइन्छ, उक्त सबै ठाउँमा र अन्य ठाउँमा पनि धेरै समय पहिलेदेखि नै कुनै न कुनै रुपमा शिवको मान्यता पाइन्छ ।
वेविलोनमा शिवलिंगलाई शिउन भनिन्थ्यो । मिश्रमा पनि सेवा नामले पूजा हुन्थ्यो । फिजीवासीहरू पनि शिवलाई “सेवा ” सेवाजिया नामले पूज्दछन् । स्पष्ट छ यी सबै नाम र सेवाजिया नाम शिवबाट या शिवजीवाट बनेको हो ।
मिश्रमा शिवलिङ्गको पूजा ” आइसिस ” र ओसिरिस पूजाको नामबाट हुन्थ्यो । ओसिरिस शब्द इश शब्दबाट बनेको हो । उनीहरू पनि शिवलिङ्गको प्रतिमाका साथ साँढेको मूर्ति राख्दथे ।
रोममा शिवलिङ्गलाई प्रियपस भन्दथे । भनिन्थ्यो कि इटलीमा गिरजामा शिवलिङ्गको प्रतिमा अहिलेसम्म पनि राख्ने गरिन्छ । चीनमा शिवलिङ्गलाई ” हुवेड-हिफुह ” भनिन्थ्यो र यही नामले शिवलिङ्गको पूजा हुन्थ्यो ।
प्रायःः जसोको मत छ कि गिरजा शब्द गिरिजाबाट बनेको हो र गिरिजाको अर्थ पार्वती हो । सबै आत्मारुपी पार्वतीको पति परमात्मा शिवको प्रतिमा त्यसमा स्थापित भइरहेको हुन्छ । त्यसैले पनि चर्चलाई गिर्जाघर भनिन्छ ।
हालसम्म युनानमा शिवलिङ्गको नाममा ” फल्लुस ” नाम प्रचलित छ । फल्लुस शब्द संस्कृतको फालेस शब्दबाट आएको हो । युनानीहरू यसलाई तुरुन्तै फलदिने परमात्मा भनेर मान्दछन् ।
थाइलैण्डमा पनि ” एकोनिस ” र एस्टरगैरिस नामले शिवलिङ्ग पूज्ने चलन छ ।
यहुदीहरू पनि शिवलिङ्गलाई वैलफेङ्गो भन्दछन् । उनीहरू शिवलिङ्ग स्थापना गर्दा वाल नामले पूज्दछन् । यसको प्रमाण स्वरुप भारतको विभिन्न पिठहरूमा वालेश्वर नामको शिवलिङ्ग भएका पाइन्छन् ।
इतिहासकार कर्णल टाडका भनाइ अनुसार मुहम्मदभन्दा पहिला पनि अरेबीहरू ईश्वरको उपासना शिवलिङ्गको आकारको प्रतिमा बनाएर गर्दथे । त्यसलाई उनीहरू ” लात ” नामले स्मरण गर्दथे । पाश्चात्यहरू सोमनाथको मूर्तिलाई पनि लात नामले उल्लेख गर्दथे । उनीहरूको भाषामा लात शब्द ईश्वरसँग संबन्धित छ र लिङ्ग, लात शब्दको वाचक हो ।
यर्सथ विश्वका विभिन्न धर्म, परम्परा, संस्कृति मान्नेहरूले अशरीरी अथवा निराकार परमपिता परमात्माको प्रतिमाको रुपमा शिवलिङ्गलाई मानेको कुराको पुष्टि हुन आउँछ ।
तर्सथ यी सब कुराहरूले गर्दा यो जयन्ती सबै धर्म सम्प्रदायको सर्वोत्कृष्ट जयन्ती हो भन्ने कुराको पनि पुष्टि हुन्छ ।
ओ म नमो शिवायः ।।
नोट :- २०६५ फागुण ११ गते नेपालसमाचारपत्र राष्ट्रिय दैनिकमा सन्दर्भ स्तम्भमा प्रकाशित लेख
भगवान् शिव र महाशिवरात्रिको महिमा
शिवरात्रिका बारेमा एउटा अत्यन्तै प्रचलित पौराणिक कथा छ । एकदिन एउटा शिकारी जङ्गलमा शिकार गर्न गयो । त्यहाँ उसले हरिण र हरिणीलाई देख्यो र तिनीहरूलाई वाणको निशानाले ताक्न लाग्यो । त्यत्तिकैमा हरिण र हरिणीले शिकारीलाई भनेकि ” हे शिकारी ! तिमी हाम्रो शिकार गर्न चाहन्छौ, तर हाम्रो लागि केही समय देऊ, हामी दुवै घर गएर हाम्रो बच्चालाई भेटेर सबेरै यसैठाउँमा फर्केर आउँछौं । त्यसपछि तिमी हाम्रो शिकार गर । ” शिकारीले उनीहरूको कुरा सुन्यो र उनीहरूलाई एकरातका लागि घर जान छुट्टी दियो । हरिण-हरिणी त फर्के र शिकारी भने एउटा रुखमाथि चढेर सारा रात भोलिको बिहानीको शिकारको प्रतीक्षा गर्न थाल्यो । रुखमा बस्दाबस्दै उसले पातहरू उखेल्दै-उखेल्दै तलतिर फ्याँकिरहृयो । अर्कोतिर हरिणको जोडीले पनि इमान्दारीता देखाए । उनीहरूले त्यही रातमा नै आफ्नो समाजमा गएर सारा वृत्तान्त सुनाए र सबेरै आफूहरूलाई बिदा गर्न आग्रह गरे । फेरि सबै हरिणहरू उनीहरूका बदलामा ज्यान दिन तैयार भए र आखिरमा सारा हरिणको समाज सबेरै त्यो रुखको मुनि जम्मा भए, जहाँ शिकारी पर्खिरहेका थिए । त्यसमा आर्श्चर्यको कुरो यो भयो कि राति शिकारीले उखेलेर फ्याँकेको पातहरू जहाँ झरेको थियो, ठिक त्यही ठाउँमा शिवलिङ्गको प्रतीमा थियो । यसप्रकार अन्जानमा नै शिकारीद्वारा शिवजीको पूजा हुन गयो । अर्कोतर्फहरिण जोडीका पछाडि सारा समाज ज्यान दिन तयार भएका थिए । उनीहरूको त्यो त्याग र शिवजी प्रति गरेको शिकारीको अञ्जान भक्तिले गर्दा शिकारीको दिल परिवर्तन भयो र ऊ सोच्न थाल्यो कि म यो जोडीलाई मार्ने पाप किन गरुँ – त शिकारी र हरिणको यो भक्ति र त्यागको फलस्वरुप तत्कालै त्यहाँ स्वय म शिवजी प्रकट हुनुभयो र विमानमा बसाएर लानुभयो । भनिन्छ कि त्यत्तिबेलादेखि नै शिवरात्रि मनाउँदै आएका छन् र यो आशा राख्दछन् । तर्सथ यही रीतिले भक्ति र त्याग जान्यौं भने परमपिता शिवजीले सबैको कल्याण गरिदिनुहुन्छ ।
त्यसैले यहाँ शिवको गुणगान गरौं र भक्ति गरौं र शिवजीलाई जान्ने कोशिस गरौं । शिवको महिमामा मानिसहरू गाएर भन्छन् कि तिमीनै माता हौ, तिमीनै पिता, तिमीनै बन्धु तिमीनै सखा । प्रश्न उठ्दछ कि त्यो एकसँग हाम्रो सम्बन्ध कस्तो प्रकारको छ – फेरि भक्तहरू भन्दछन् “ओ म नमः शिवायः ” यसबाट स्पष्ट हुन्छ कि शिव कुनै सामान्य रुपको हाम्रो पिता हुनुहुन्न बल्की वहाँ सबैको परमपिता हुनुहुन्छ । यदि कुनै सानो वालक शिवको मन्दिर भएर जाँदा बच्चाले शिवलिङ्गलाई देखाएर इशारा गरेर सोधे कि बुबा यो के हो – तब बुबाले भन्नुहुन्छ यो भगवानको प्रतिमा हो । यसको अगाडि झुक ! परन्तु जुन भगवान्लाई “त्वमेव माता च पिता त्वमेव भनिन्छ ” भनिन्छ, उहाँको जीवन-कथालाई नजान्नु यो कस्तो विडम्वना हो । लौकिक माता-पिताको परिचय त सबैलाई हुन्छ तर जुन पिताको नामनै हो मुक्तेश्वर, पापकटेश्वर, त्रिभूवनेश्वर, पशुपतिनाथ त्यस आध्यात्मिक पितालाई नजान्नु त भयानक ठूलो भूल हो ।
तर्सथ यहाँ शिवलाई कसरी हेरिन्छ त्यसलाई एकपटक केलाएर हेरौं । शिवका वारेका विभिन्न चार प्रकारका मान्यताहरू प्रचलित छन् ।
१) केही व्यक्तिहरूको यो धारणा छ कि आत्मा स्वयम्नै परमात्मा अथवा शिव हो । यिनीहरूको धारणा अनुसार मूल वाक्य हो – ” शिव अह म ” अर्थात म – आत्मा ) शिव हुँ । यो मतका अनुयायीहरूलाई ” अद्वेतवादी वेदान्ती ” मानिन्छन् ।
२) दोस्रो प्रकारका व्यक्तिहरूको यो मान्यता छ कि आत्मा र परमात्मा अनादिकालदेखि अलग-अलग नै हुनेछ र ” शिव ” परमात्माकोनै एउटा नाम हो । यिनीहरू आत्मालाई अणु जस्तै शूक्ष्म र परमात्मा शिवलाई र्सवव्यापक तत्व मान्दछन् । आर्य समाजका व्यक्तिहरूले यही विचारधारालाई मान्दछन् । उनीहरू ” शंकर ” नामको कुनै देवतालाई मान्दैनन् । ननै उनीहरू शिवलिङ्गलाई शिवको प्रतिमा मान्दछन् । बल्की उनीहरू शिवलाई अरुप तत्व मान्दछन् ।
३) तेस्रो प्रकारका व्यक्तिहरू जो कि शिवलिङ्गलाई शिवको चिन्ह मानेर पूजा-आजा गर्दछन्, शिवरात्रिमा व्रत बसेर सेवा गर्दछन् र अलग्गै लोक पनि मान्दछन् । यिनीहरू सनातन धर्मीहरू हुन् । उनीहरू शंकरलाई शिवकै रुप मान्दछन् र शिवलिङ्गलाई शिवको प्रतिक मानेर शिवलाई एक र्सवव्यापक तत्व मान्दछन् ।
४) चौंथो प्रकारका व्यक्तिहरू आत्मालाई “पशु” र बन्धनलाई “पाश” र परमात्मालाई पशुपतिनाथ अर्थात शिव मान्दछन् । हाम्रो देश नेपालमा पशुपतिनाथ शिवको अत्यन्तै प्रसिद्ध मन्दिर छ तर्सथ पशुपतिनाथलाई यही विचारधाराका व्यक्तिहरूले विशेषरुपले मान्दै आएका छन् र यिनीहरूले यो पावन महाशिवरात्रि महापर्व त झनै विशेषरुपले मान्दछन् ।
अब शिवलाई मान्ने यो तरीकालाई पनि एकपटक हेरौं । शिवको मन्दिरमा शिवलिङ्गका माथि घडाबाट शिवलिङ्गका माथि थोपा-थोपा जल निरन्तर चढाइएको हुन्छ । भक्तिमार्गको यो रिवाजले यो रहस्यको परिचय दिन्छ कि शिवसँग हाम्रो साँचो स्नेहको यो हुनु आवश्यक छ कि बुद्धिरुपी कलशमा गरिएको ज्ञानरुपी अमृतको बिन्दू निरन्तर शिव परमात्मामा लागिरहनु पर्दछ । अर्थात “म आत्मा हुँ परमपिता शिवको सन्तान हुँ, परमपिता शिव ज्ञानको सागर हुनुहुन्छ………” यस्तो ज्ञान विन्दू निरन्तर्रर् ईश्वरीय स्मृतिको रुप लेओस् । तर आजकालका मानिसहरू ज्ञानविन्दूलाई निरन्तर परमात्मा शिवमा नचढाएर जलको धारा मात्र चढाउँदछन् । जलको धारा चढाउँदा यसको मतलब सम्झेर स्मरण गरी चढाउनु अत्यन्तै आवश्यक छ । वास्तवमा शिवरात्रि मान्ने अथवा शिवसँग स्नेह गर्ने साँचो रीति त यो हो कि ज्ञान-धारा लगातार परमात्मा प्रति बहिरहोस् ।
शिव र शिवरात्रिले विश्वको इतिहास पनि देखाउँछ । शिव र शिवरात्रिको चर्चा गर्नेवेला एकपटक फेरि इतिहासका पानाहरू आँखाको अगाडि चलचित्र जस्तै घुम्न थाल्दछ । इतिहासको सिँहावलोकन गर्दाखेरि हामी यो निश्कर्षा पुग्दछौं कि ” परमपिता परमात्मा शिवनै विश्वको इतिहासको धुरी अथवा केन्द्रविन्दु हुनुहुन्छ । ” यदि हामी प्राचीन कथा साहित्य जसलाई भारतवर्षा प्रायः व्यक्तिहरू “पूराण” र “इतिहास” मान्दछन्, उठाएर हेर्यौं भने त्यसको प्रारम्भ त्यही कथनबाट हुन्छ कि जब संसारको महाविनास भयो र विश्वको एउटा ठूलो हिस्सा जलमग्न थियो तब एउटा अण्डाकार प्रकाश – शिव ) प्रकट भएका थिए । जसबाट पार पाउनका लागि ब्रम्हाजीले होड गर्नुभएको थियो । अन्ततः त्यस ज्योतिस्वरुप शिवले आफ्नो परिचय स्वयम्नै दिनुभयो र ब्रम्हाजीलाई भन्नुभयो कि उहाँ सृष्टिको नव-निर्माण कार्यका लागि बन्नुभएको हो । कथाकाहरूले यस वृत्तान्तलाई कथाको शैलीमा अर्थात यसमा कौतुहलता, रोचकता, कल्पनाशिलता, किंबदन्ती, अतिशयोक्ति, अभिव्यञ्जना आदि सामेल गरेर वर्णन गरेका पाइन्छन् । तर वास्तबमा यसको यो भाव त ठीकनै छ कि जब पुरानो सृष्टिको महाविनास भइरहेको थियो र नयाँ सृष्टिको अभ्युदय हुन गइरहेको थियो तब परमपिता परमात्मा शिवले जनमानसलाई आफ्नो रुप अनुरुपको दीव्य साक्षात्कार गराउनुभएको थियो । अर्थात इतिहासको प्रारम्भ शिव परमात्माको आदेश-निर्देशन-उपदेशबाट भयो ।
त्यस्तै दीव्य भाषाको उद्गम पनि शिवबाटनै भएका थिए । भाषाको इतिहास लेख्ने मानिसहरू पनि भदछन् कि दीव्य भाषा – देवभाषा ) को प्रारम्भ शिवलेनै डमरु बजाएर गर्नुभएको थियो । सृष्टिको प्रारम्भ शिवलेनै डमरु बजाएर गर्नुभएको थियो । सृष्टिको प्रारम्भमा उहाँलेनै अगम-निगमको भेद खोल्नुभएको थियो । स्पष्टतः “डमरु” शब्द त यहाँ भाषामा प्रयुक्त हुने अलङ्कार हो । भाव त यही हो कि मानिसहरूलाई दिव्यता तथा आध्यात्मिकता परमात्मा शिवलेनै सिकाउनु भएको थियो ।
पुराना धार्मिक पुस्तकहरूमा पनि शिवकोनै महिमा पाइन्छन् । यहुदीहरू इसाइहरू र मुसलमानहरूको पुरानो धर्म पुस्तकको प्रारम्भ पनि यसरीनै भएका छन् । यद्यपी सृष्टि संरचनाको प्रकृया जो वाइवलमा भनिएको छ मान्य छैन । तथापी यहाँ यस कुरामा ध्यान दिनुस् कि आदिकालमार् ईश्वरको आत्मा जलमा तैरिन्थ्यो । त्यही परमात्मालेनै आदम र हव्वा – व्रम्हा र सरस्वती )लाई जन्म दिनुभएको थियो र यस सृष्टिलाई र्स्वर्गमय बनाउनुभएको थियो । सृष्टिको यो र्सवप्रथम वृत्तान्तको पछिको मानिसले पूर्णरुपमा सत्य भन्नमा अर्समर्थनै छ । परन्तु समुच्च उल्लेखको शार त ठीकनै छ कि भगवान्ले आदम र इव – व्रम्हा र सरस्वती )लाई जन्म दिए । फेरि भगवान्को नाम “जिहोवा” भनिएको छ जुन कि शिव शब्दकोनै रुपान्तरित रुप मान्न सकिन्छ । जस्तो सँस्कृतको “पितृ”,”मातृ”,”भातृ” इत्यादि शब्दले फारसी भाषामा पिदर, मादर,ब्रादर रुप लियो र अगाडि गएर यूरोपीय भाषहरूमा फादर, मदर, ब्रदर इत्यादि रुप धारण गरे त्यसरीनै “शिव” शब्दले पनि कदाचित “जिहोवा” शब्दको रुप लिएको हुनुपर्छ ।
मनुस्मृतिमा पनि लेखिएको छ कि सृष्टिको आरम्भ गर्नका लागि एउटा अण्ड प्रकट भयो र त्यो तेजस्वी र प्रकाशमय थियो ।
शिव पूराणमा पनि यसै प्रकारको वर्णण छ । यहाँ भनिएको छ सृष्टिको विनासकालमा एक अद्भूत ज्योतिर्लिङ्ग प्रकट भयो जुन न घट्दथ्यो न बढ्दथ्यो । त्यो अनुपम थियो । अव्यक्त थियो र त्यसैबाट सृष्टिको आरम्भ भएको थियो ।
केही व्यक्ति यजुर्वेदको प्रायः जसो शब्दको पनि यही अर्थ लिन्छन् कि सृष्टिको रचनाको लागि बिद्युत पुरुष – ज्योतिलिङ्ग ) प्रकट भएको थियो ।
सत्ययुग र त्रेतायुगपछि बिस्तारै-बिस्तारै जब यो संसार आफ्नो पवित्रता, सुख र शान्तिको कलाहरूलाई गुमाउँदै-गुमाउँदै कल्पार्द्ध समाप्त हुनलाई पतन्मोख भए तब पनि मानिसहरूले परमात्माको यही दीव्य नाम-रुपबाट नै पूजा गरे । जस्तो कि हामीले भनिआएका छौ, जब धार्मिक ग्रन्थ लेख्न थालियो तब शिवजीलाई नै अगम-निगमको भेद बताउने कारण मानियो । स्कन्द पूराण, मत्स्य पूराण, लिङ्ग पूराण, ब्रम्हाण्ड पूराण, बामन पूराण, महाभारत इत्यादि सबैमा शिवको महिमाको वर्णन गरिएका छन् । समस्त ज्ञानको उदग म शिवबाट तथा व्रम्हाबाट नै भयो । यस्तो मानेरनै आध्यात्मिक ज्ञानको संवाद बनाइएको छ । वेदले पनि “ओ म नमः शम्भवाय च, नमः शिवाय च शिवतराय च ” इत्यादि मन्त्रहरूद्वारा शिवकोनै आराधना, सन्ध्या,प्रार्थना इत्यादिका लागि मन्त्र, ऋचाहरू सबैका लागि दिए । पूजाका लागि र्सवप्रथम शिवलिङ्गनै स्थापित गरिए ।
नोट :-२०६७ फागुण १६ गते नेपालसमाचारपत्र राष्ट्रिय दैनिकको सन्दर्भ स्तम्भमा प्रकाशित लेख
ओ म नमो शिवायः।।
महाशिवरात्रिको सन्दर्भमा शिव–महिमा
विश्वका विभित्र स्थानमा विभित्र पर्वहरू मनाइन्छन् । हरेक धर्मका मानिसहरूले भित्राभित्रै धर्मपिता स्वरुप कुनै महान् व्यक्ति सम्बन्धित जीवनगाथालाई मानेर पूज्दै आएका छन् । तर “शिवरात्री”को छुट्टै विशेषता यो हो कि यो देहकार होइन बल्की विन्दू आकारको सत्ताको आकारको सम्झनामा मनाइन्छ । यो कुनै शरीर रहित ज्योतिर्मय आत्मिक सत्तासँग नै सम्बन्धित छ र जसको नाम एउटा यस्तो गुणवाचक हो कि यो केवल एउटै पूर्ण परमात्मानै हुनसक्दछ । “शिव” शब्द त यस्तो पर म सत्ताको परिचायक हो जो कि सबैलाई कल्याण गर्दछ किनकि उहाँको त सदा कल्याण भएकै छ । त्यसैले त उहाँले वीर बनाउनुहुनेछ र उहाँ सदा ज्ञानको सागर पनि हो ।
शिवका नामहरू “अजन्मा”, “मृत्युञ्जय”, “सर्वेश्वर” तथा “महाकालेश्वर” आदि छन् । यी नामहरूबाटै स्पष्ट हुन्छ उहाँ देवताका पनि देवता हुनुहुन्छ उहाँको जन्म देवता या मनुष्यका रुपमा छैन, शिव त कर्मातित र सदा मुक्त हुनुहुन्छ त्यसैले उहाँ नश–नाडीको बन्धनमा आउनुहुत्र । उहाँ वाल, युवा, बृद्ध अथवा जन्म–मरण रुपको कालको बशमा पनि हुनुहुत्र ।
तर संसारभरका नर–नारीहरूलाई मुक्त गर्नका लागि, भक्तहरूलाई आफ्नो परिचय दिनका लागि, सृष्टिमा भएका पापहरूबाट छुटकारा दिलाउनका लागि अर्थात सत्ययुगी पावन तथा सुखी सृष्टि रचना गर्नका लागि उहाँ कलियुगको अन्त्यमा एउटा साधारण मनुष्यको तनमा प्रवेश अर्थात सत्रिवेश गर्नुहुन्छ जसको नाम “प्रजापिता व्रम्हा” राख्नुहुन्छ । उहाँका मुखारबिन्दबाट ईश्वरीय ज्ञान र सहज राजयोगको शिक्षा दिएर उहाँ मनुष्यलाई देवता बनाउनुहुन्छ । यसप्रकार उहाँले भक्तहरूको चारित्रिक नवनिर्माण गर्नुभएर सत्ययुगी दैवी सृष्टिको पुनःस्थापना गर्नुहुन्छ ।
परमात्माको अवतरण ज्ञान–योगको शिक्षा दिनुभएर जीवात्माहरूलाई पतितबाट पावन बनाउनका लागि हुन्छ । यदि उहाँले गर्भबाट जन्म लिनुभएको भए गर्भको समय र वाल्यावस्थाको समय व्यर्थ गुज्रन्छ । युवावस्थामा पनि वुजुर्ग शिक्षा दिनु उपयुक्त हुँदैन । आध्यात्मिक शिक्षा त वानप्रस्थावस्थामा नै प्रभापोत्पादक ढङ्गबाट दिइन सकिन्छ, जब मनुष्य अनुभव सम्पत्र हुन्छ । गर्भमा जन्म लियो भने परमात्माले ज्ञान दिनुपूर्व पचासवर्ष शरीरलाई परिपक्व बनाउने प्रतिक्षामा बिताउनु पर्थ्यो । अतः परमात्मा एउटा बृद्ध अनुभवी तनमा प्रवेश गर्नुहुन्छ र उहाँद्वारा तुरन्तै ज्ञान–योगको शिक्षा दिन थाल्नुहुन्छ ।
निराकार शिवको अर्को नाम “त्रिमूर्ति” पनि हो । उहाँ स्थापना, पालना र विनाशका दीव्य कर्तव्यका लागि तीन देवताको रचना गर्नुहुन्छ । उहाँ व्रम्हाद्वारा सत्वप्रधान देवता, सत्ययुगी सृष्टि स्थापना गराउनुहुन्छ । शंकरद्वारा तमोप्रधान, आसुरी, कलियुगी सृष्टिको विनाश गराउनुहुन्छ । विष्णुद्वारा पावन सत्ययुगी,त्रेतायुगी सृष्टिको पालना गराउनुहुन्छ । त्यसकारण उहाँलाई करन–करावरनहार स्वामिका रुपमा लिइन्छ र भजिन्छ । परमात्मा शिवको दीव्य जयन्तीमा भक्तजनहरू उहँलाई वेलपत्र चढाउँदछन् जसमा तीन पत्र हुन्छ । लाग्दछ कि प्रकृतिले त्रिमूर्ति परमात्माको स्मृतिमा तीन पत्तावाला वेलपत्र रचना गर्नुभएको हो ।
त्यस्तै देवताहरूलाई सुगन्धित फूल चढाइन्छ तर परमात्मा शिवलाई भाङ्ग र धतूरो किन ? कल्पान्तमा जब परमात्मा अवतरित भएका थिए त्यस समय सबै आत्माहरू विकारहरूबाट वसीभूत भएर तमोप्रधान भएका थिए । उनीहरूलाई पुनः पावन बनाउनका लागि पतित–पावन परमात्मा आदेश दिनुहुन्छ कि मकहाँ काम, क्रोध आदि पञ्च विकारादिहरूलाई वलि दिइदेऊ । यसप्रकार परमात्मालाई पाँच विकार दान दिएर नर–नारी पतितबाट पावन हुन्छन् । यही महान कृत्यको प्रतीकका रुपमा परमात्मा शिवलाई भाङ्ग, धतूरोनै चढाइन्छ । भक्ति–मार्गमा वलि या त शिवलाई चढाइन्छ या त कालीलाई । देवताहरूलाई वलि चढाइने परम्परा छैन ।
परमपिता परमात्मा त वरदाता हुनुहुन्छ । उहाँबाट त हामीलाई प्राप्तिनै प्राप्ति हुन्छ । उहाँ त हामीबाट यही मात्र अपेक्षा गर्नुहुन्छ कि हामी आफ्ना विकारहरूका वलि उहाँमा चढाऊँ । उहाँ हामीबाट कुनै मूल्ववान र उपयोगी चिज भेटीमा दिनका लागि भत्रुहुत्र बल्की हाम्रा जुन अवगुणहरूले हामीलाई दुःखी तुल्याउँदछन् अथवा हाम्रो मनलाई जुन दुषित वृत्तिहरूले हामीलाई अशान्त बनाइराखेका छन् त्यसलाई अर्पण गर्नका लागि भत्रुहुन्छ । यदि हामीले आफ्ना मनका विकारहरू उहाँलाई दिएर आफ्ना रोगहरूबाट मुक्त हुन चाहत्रौ भने त साँच्चिकै हाम्रो दशा दयनीय हुन्छ । जुन परम–पितालाई हामी दिनहुँ आरती गरेर “हे प्रभु ! हाम्रो विषय–विकार मेटाइदेऊ” भन्छौंं फेरि यदि हामी त्यसलाई मेटाउन पछि हट्छौं, जबकी तैपनि परमात्मा हामीलाई यो शुभ–कार्यका लागि सहयोग गरिरहनुहुन्छ त यो हाम्रो ठूलो भूल भयो । हामीले जात्रु आवश्यक छ कि जन्म–जन्मान्तरदेखि कल्याणको जुन हाम्रो इच्छा भइरहेको थियो, भइरहेको छ त्यसलाई पूरागर्ने महाशिवरात्री एउटा स्वर्णिम अवसर हो ।
त्यसकारण कि शिवको कुनै सारिरिक तथा साँसारिक रुप छैन बल्की दीव्य एव म आत्मिक रुप दीव्य–ज्योति स्वरुप छ । अतः थाहा पाइन्छ कि हामी परमात्मा शिवसँग तबमात्रै आत्मिक हुन सक्छौं जब हामीमा साँसारिक रुपको स्मृति नआओस् । उहाँको वृद्ध साकार रुपले हामीलाई त्यही शिक्षा दिनका लागि महाशिवरात्रीका रातमा अवतरण गर्नुभएको थियो र जब हामी स्वयमनै स्वरुपमास्थित हुन्छौं किनकि नियम यो हो कि अव्यक्त स्थितिमा टिकेरनै अव्यक्तलाई देख्न सकिन्छ । यदि हामी स्वयमलाई शरीरको भानमा टीकाउँछौं भने अथवा सांसारिक रुपको स्मृतिमा हुन्छौं भने अर्थात कुनै न कुनै शरीरधारीको स्मृतिमा हुन्छौं भने त हामी अशरीरी अर्थात निराकार परमात्मासँग मनोमिलन गर्न समर्थ हुँदैनौं । यो स्पष्ट छ कि शिवको कुनै कायक रुप छैन । बल्की उहाँको रुप आत्माको रुपजस्तो बिन्दूको आकार जस्तो छ । अतः हामी पनि जब विन्दूस्थितिमा हुन्छौं तब मात्रै त्यो परम–पितासँग आनन्दमय मिलनको आत्मिक, अभूतपूर्व एव म अत्यन्त अनमोल सुख लिन समर्थ हुन्छौं । “शिव” त एक हुनुहुन्छ बाँकी सबै त काम, क्रोध, लोभ, मोह, अहंकार आदिमध्ये कुनै न कुनै प्रकारका विषले भरिएका हुन्छन् । अतः हामी यदि कल्याण एव म आनन्दको इच्छुक छौं भने आफ्नो मनको विष हटाएर शिवमा त्यसलाई एकीकरण गर्नुपर्ने हुन्छ र परम–आत्मासँग मिलन मनाउनका लागि देहको शुद्धि–बुद्धि छोडेर आत्मा–भावमा टीकाउनुपर्ने हुन्छ । आहा ! तब जीवनको सच्चा सुख मिल्नेछ, सबै मनोरथहरू मध्येबाट सच्चा मनोरथ पूरा हुनेछ । सबै रस मध्येबाट उत्तम रस प्राप्त हुनेछ । सम्बन्धहरूको सामूहिक एव म सच्चा सम्बन्ध प्राप्त हुनेछ । ॐ नमो शिवायः
नोट : यो लेख २०६९ फागुण २१ गते अमलेख साप्ताहिकमा प्रकाशित भइसकेको छ ।
ॐ नमो शिवायः
ॐ नमो शिवायः
ॐ नमो शिवायः
ॐ नमो शिवायः
२०७२ फागुन २२
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
