Skip to content


अचम्म भो !

पढ्ने बेलामा कमर्स पढ्ने र समय जति कथा लेखेर बिताउँने अनि स्वास्नी छोराछोरीका स–साना इच्छा र आवश्यकताहरू पनि पुरा गर्न नसक्ने, जो कसैको साहित्य मार्फत बिरोध गर्न र उछितोमात्र काढ्ने म झुत्रे लेखक खै कसका आँखा लागेर हो कुन्नि सर्बोच्च अदालतको न्यायधिस हुन पुगें । त्यो पनि प्रधान न्यायधिस हुने तेश्रो बरियताको ।

अचम्म लाग्दो कुरा नै हो नि, हैन त ?

यतिमै अचम्म मानी नहाल्नुस् अँझै छ रहस्यको कुरा–

म अदालतको मेरो क्याबिनमा बसेर आज मेरा बेन्चमा प्रस्तुत हुने ‘राज्य विप्लब अर्थात देश द्रोह’ सम्बन्धी मुद्दाको अध्ययन गर्दै थिएँ त्यसैबेला मेरा मोबाइल फोनको घण्टी बज्यो । नचिनेको मोबाइल नम्बर, त्यो पनि बिदेशतिरको ।

अनि मैले मोवाइल उठाएँ र बोलें–‘हेलो ।’

अर्कातिरबाट कनि–कनि र कुनै भूमिका नै नबाँधि नेपालीमा आदेशात्मक भाषा बोल्यो–‘सि.के. राउतलाई राष्ट्रद्रोही करार गर्ने होइन नि, खुरुक्क बिना धरौटी र बिना तारेकमा छोडिदिने, प्रजातान्त्रिक मुलुकका कुनै नागरिकलाई वाकस्वतन्त्राको उपयोग गरेकै भरमा कुनै अभियोग लगाउँन नहुने भन्न अर्थ लगाएर ।’

‘के रे ? म को हुँ तिमीले चिनेका छौ ?’–म रन्किएँ र उसले उत्तर दिन नपाउँदै फेरि चेतावनि सहितको उत्तर दिदै कुर्लिएँ–‘राष्ट्रका लागि म कलम बोकेको हिट्लर हुँ बुझ्यौ ? हिटर ! देशलाई छातीमा बोकेर हिड्ने हिटलरको मुटु हुँदैन र हिटलरका नजरमा सबै राष्ट्रघाति र तिनका मतियार समेत यहुदी हुन्छन्, होस् राखे हिटरले राष्ट्रका लागि कलम बिसाउँनु नपरोस् ।’

मेरो कुरा टुङ्गिदा न टुङ्गिदै फेरि उसले भन्यो–‘तिमीलाई प्रधान न्यायधिस हुने मन छैन ?’
आँखामा भविष्यको सपना तैरियो, प्रधानन्यायधिसका पदको/राष्ट्रमा गर्न पाउँने हाली मुहालीको र सानसौकतको/मानसम्मानको अनि तुरुन्तै तीन पुस्तासम्मका सन्ततिका रौरव नर्क गमनको दुखःद चित्र पनि ।

समग्रमा उसको यस भनाइले मेरा नौ नारी गलाएरै छोडे ।

‘तँलाई बाँच्ने मन छैन ? भनेर मलाई राजनीतिक धम्कि दिएको भए म यति डराउँ थें कि डराउँन्न थिएँ कुन्नि ?

अनि एउटा वकिल भाइले सल्लाह दिएको सम्झना आयो–‘मौकैमा आफ्नो दुनो चैं सोझ्याइ हाल नत्र समय बितेपछि पछुताउँलास् र यो कुरा पनि ख्याल गर, तँ एउटा सुध्रदैमा देश सुधृने हैन ।’

अनि यस्तो चुक घोप्ट्याए जस्तो अँध्यारो छायो कि अध्यारामा देशै देखिन छोड्यो ?
सपनामा ।

विपनामा त यस्तो हुँदैन होला हगि ?

जीवन ‘पीडित’ दहाल
जुरोपानी-४,झापा
हाल: काठमाडौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *