Skip to content

देशले दिएन नभन

  • by


देशले दिएन नभन,
हात बढाऊ तिमीले ।
देशले हेरेन नभन,
दृष्टि लगाऊ तिमीले ।।

सुन्दर फूल फुल्ने छ,
शान्ति ल्याऊ तिमीले ।
माटो हुन् हाम्री जननी,
नङ्ग्रा खियाऊ तिमीले ।।
देशले दिएन नभन ।।

राष्ट्र हाम्रो धरोहर,
शान्तिगान गाऊ तिमीले ।
सगरमाथा चुलीमा,
झण्डा फहराऊ तिमीले ।।

देशले दिएन नभन ।।
नेपाल हाम्रो जन्मभूमि,
हाँसेर बाँचौ सब मिली ।
अन्याय यहाँ कसले गर्यो,
जनता जाग तिमी ।।
देशले दिएन नभन ।।

जाति र पाती छैन यहाँ,
दुई जात ईशको सृष्टिमा ।
भातृत्व, मातृत्व, संगति
नेपालीपन तिमीमा ।।
देशले दिएन नभन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *