दुःख पीडा दर्शन गर्दै जीवन-रोटी बेल्दै आएँ
संसारमञ्च नाटककारकै इशारामा खेल्दै आएँ
हिँड्दा हिँड्दै गोडेटो त्यो टुङ्गिए झैँ लाग्दा पनि
एक्लो यात्रा थाकेँ तर बलैसँग ठेल्दै आएँ
जमाना नै खराब भयो इमान्दार कोही छैन
चिन्दा चिन्दै सबका सामु आफूलाई हेल्दै आएँ
जिउनै पर्ने रैछ यहाँ मरी जान सकिएन
बेरङ्गी यो जिन्दगीलाई जसोतसो रेल्दै आएँ
छोडी गयौ मलाई भयो मर्नुभन्दा जिउन गाह्रो
जिन्दगीमा आए जति बाधा-अडचन पेल्दै आएँ
मरुभूमिको छातीबाट
स्याङ्जाली रमेश
स्थाई घर अर्जुनचौपारी स्याङ्जा
