Skip to content

तीता पलका पाँजा मात्रै पँजाएर हुन्न

SrijanaNeupane-02


तीता पलका पाँजा मात्रै पँजाएर हुन्न आमा
आँखाभरि आँशु ताल सजाएर हुन्न आमा ।

कहिलेसम्म यसै गरी झुकेर नै बसिरहने
सत्यसँग अझै पनि डराएर हुन्न आमा ।

कसैले नि दिने छैन हातमाथि अधिकार
सुन्दैनन् है कतै कोही कराएर हुन्न आमा ।

सुन्दरताको अस्तित्वनै अस्थिर छ बिल्छ एकदिन
लाली, पाउडर, गाजलमा लजाएर हुन्न आमा ।

जडीभरि राता निला सारी चोली टल्काउँदै
त्यहि भित्रै नारिलाई हराएर हुन्न आमा ।

पूजा, थाली, घन्टीले नि कालरात्री अन्त्य गर्छ?
ढुंगालाई भगवान बनाएर हुन्न आमा ।

5 thoughts on “तीता पलका पाँजा मात्रै पँजाएर हुन्न”

  1. good poem
    भावनाहरुलाई भूमिका बाँधेर मिठो कृतिस्वरुप पस्कनु भएको रहेछ । तपाईंको कलमले निरन्तर गति लिईरहोस् । thanks

    bishnuthapa48@yahoo.in

  2. तीता पलका बारेमा
    आमाको सपना पुरा गर्न त छोरीको ठुलो हात हुन्छ, जमाना अनुसार आमाले गर्नु भयो तर सम्भावनाका अपत्यारिला योजनालाई साकार गर्ने तपाई जस्ता द्रिड नारीको हात हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *