मन्को घाउमा मलम पट्टी, टाँस्न सक्या छैन अझै
फेरि चोट थपिएछ, हाँस्न सक्या छैन अझै
मनको पाटो पहिरो गयो, सारा सपना विफल भयो
कलेजीमा सानो खुशी, साँच्न सक्या छैन अझै
फेरि चोट थपिएछ, हाँस्न सक्या छैन अझै
तितो अतित बल्झिदिन्छ, यो मन उतै अल्झिदिन्छ
भत्किएको सपनालाई, नास्न सक्या छैन अझै
फेरि चोट थपिएछ, हाँस्न सक्या छैन अझै
आफन्तको साथ छुट्दा, पिरतीको धागो चुट्दा
फूल टिपेर मैले माला, गाँस्न सक्या छैन अझै
फेरि चोट थपिएछ, हाँस्न सक्या छैन अझै
आशा जति जिउँदै मर्यो, रुँदै रुँदै बस्नु पर्यो
यो जिन्दगी हाँसी खुशी, बाँच्न सक्या छैन अझै
फेरि चोट थपिएछ, हाँस्न सक्या छैन अझै
