सपनाहरू पखालिएर रात रोएको बेलामा
मेरा रहरहरू मिर्मिरेको ओत माग्दै
रुन्छु भन्छ !
आकाश हराएको छ !
शून्यताको भुमरी लहरो लाग्दै
कतै जाउँ भन्छ !
यस्तै बेलामा पिरती गाँस्न पो
मन लाग्यो,!
के हुन्छ होला लौन
मनभरि सयपत्री ढकमकै फुल्यो !
के को तातो यो चारैतिर
कतै केही सल्केजस्तो
बिरामी मन मुस्कुराउँछ
नयाँ मायामा पल्केजस्तो !
तिर्खा किन मरभूमिमा धेरै लाग्छ
के प्यास मेट्ने ठाउँ हुन्न ?
तिर्सना मेरो मेटाइदिने
कोही भेट्ने गाउँ हुन्न ?
लौ न लौ प्रलय आउलै जस्तो छ
अब अन्वेषण हुनै पर्छ
बुझ्नै पर्छ जाँच्नै पर्छ
मान्छेभित्र मन किन छ !
आकार बिनाको मनभित्र
यति धेरै व्यवहार किन छ !
सपनाहरू पखालिएर रात रोएको बेलामा
मेरा रहरहरू मिर्मिरेको ओत माग्दै
रुन्छु भन्छ !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *