मेरो प्यारो कञ्चनजङ्गा अनि अन्नपूर्ण
सगरमाथा धौलागिरि फेरि गङ्गापूर्ण

बुद्ध जन्मी हुर्केको त्यो लुम्बिनीको गाउँ
सधैभरि मनमा बनोस् म जन्मेको ठाउँ

पाखा डाँडा पखेरामा गाएको त्यो गीत
गोठालो भै जादाखेरी लाएको त्यो प्रीत

सम्झनाको कोसेली भै बाँचिरहोस् सधै
साथीभाइ खेलेको दिन सधैँ रहोस् ताजै

उकाली र ओरालीको त्यो हरियो पाखा
कोइलीको कू कू गर्ने त्यो मधुरो भाखा

डाँफे नाज्दै नौ रङ्ग छर्दै गाउँ पखेरामा
स्वर्गसरि मेरो देश झलझली आँखामा

साथीसङ्गी रमाएर ठट्टा गर्दै नाच्दा
कति सुखी जीवन थियो डण्डीबियो खेल्दा

झलझली आँखाभरि आमाको त्यो मुख
कसरी म भुल्न सक्छु जन्मस्थलको सुख

कहिले नि म पाउँदिन सुख त्यो रोजेर
विदेशिनु पर्‍यो आफ्नो माटोलाई छोडेर

डाँडाकाँडा सम्म मैदान टल्किने त्यो हिमाल
नवरङ्ग छर्दै हिँड्ने हाम्रा डाँफे अनि मुनाल

सगरमाथा विश्वको त्यो उच्च शिखर हिमाल
स्वर्गभन्दा कम छैन मेरो प्यारो नेपाल ।

खुर्कोट – ५, पर्वत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *