Skip to content

भोकभोकै मर्न थाले जनता

भोकभोकै सडकमा मर्न थाले जनता ।
केही गर सरकार छाडेर अन्य धन्दा ।।

देशमा जारी छ अझै कोरोनाको कहर।
बन्द गर सरकार तिम्रो सबैखाले विषयान्तरको रहर ।।

प्रेम गर्दा भयो जनसंहार ।
दलितमाथि अब रोक सबैखाले अत्याचार।।

शृंखलाबद्ध गल्तीको अब हुन्न ढाकछोप।
बन्द गर तिम्रो सबैखाले अमानवीय कोप।।

मधेसीमाथि घृणा फैलाउने कार्य भयो अति ।
तत्काल यी कुकृत्य नरोकिए हुन सक्छ देशलाई क्षति ।।

(कलंकी काठमाडौं ।२०७७ जेठ १५)

Leave a Reply

Your email address will not be published. Required fields are marked *