Skip to content

पराजित प्रेमी!

जुधाई नजर पिलायौ अधर
भरोसा गरे मिलायौ जहर
जवानी तिम्रो अन्धो छ संसार
सजिलै गुलाम बनायौ शहर

डराउनु सट्टा म हासे किन
पत्थर कै अघी उठायौ पत्थर
बलुवा सही साथीत्व छाड्यौ
गुनासो छैन गरायौ बगर

बिझेको काँडा झिक्दैथे म त
दुनियाँ भन्छन झुकाए नजर
जुधाई नजर पिलायौ अधर
भरोसा गरे मिलायौ जहर

Leave a Reply

Your email address will not be published. Required fields are marked *