Skip to content

पराईको हात समाई हाल्यौ


के भनु सानु पराईको हात समाई हाल्यौं ।
साँचो माया गर्छु भन्थौं अब अन्तै रमाई हाल्यौं ।

पराई त थिईन म पनि
आखिर पराई गराई हाल्यौं ।

तिम्रो मनको मेरो माया
अकैं मनमा सराई हाल्यौं ।

हाँस्दै नजिक पर्दा खेरी
आफैँ चिच्चाई कराई हाल्यौं ।

वा काली आज तिमीले
मलाई एक्लो बनाई हाल्यौं ।

……… दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *