विविध-विधा
रहु लाग्छ
तिम्रो त्यो बोली सुनि
रहु लाग्छ २
तिम्रो वरी परी घुमि
रहु लाग्छ २
सन्की तिम्रोआखा बुझ्न
कति गार्हो २
प्रेमको डोरि तिम्रै सामु बुनि
रहु लाग्छ २
मुस्कान त्यो तिम्रो बयान
गरु कसरि २
हजारको बिच तिम्लाइ चुनि
रहु लाग्छ २
तिम्रो म माया गर्ने
मान्छे नपरे २
तिमी सधै माथि म मुनि
रहु लाग्छ २
(दिपक घर्ति मगर)
दाङ
हाल- ईन्डिया बाट
इमेल :-deepakgm32@gmail.com
याद आयो
सुनसान बनमा गाई चराएको
याद आयो
मिठा मिठा कुरामा हराएको
याद आयो
अनगिन्ती माया गर्छिन उनि बयान
गर्नु कसरी
सानू भनी उन्लाइ कराएको
याद आयो
बेग्लै थियो हाम्रो माया लजाउने
उनी अझै
म बाट टाढा हुन्छीन भनि डराएको
याद आयो
कति राम्रो दन्तेलहर हाँस्दा
कति सुहाउँने
आँखा मारि फुर्काउदै सराएको
याद आयो
सन्का कहिल्यै नगर्नु भनी
रहन्छिन ऊनी
उन्कै लागि कल्पी कल्पी हराएको
याद आयो
सुख दुख मा सँग सँगै जीउने
वाचा हाम्रो
आफै लाज लाग्छ
म आफु सेफ हु भन्न आफै
लाज लाग्छ
सबको छेउ आफुलाइ गन्न आफै
लाज लाग्छ
भन्ने गर्थे सबैले होटलको जागिर
राम्रो हुँन्न
बिना गल्ती को गाली सन्न आफै
लाज लाग्छ
मेहनत गरेका ती दिन सम्झी
रहन्छु हरपल
फुच्चे न हु म चट्ट बन्न आफै
लाज लाग्छ
एउटै लाइन समाउनुअवस्थ
सफलता मिल्नेछ
काम को लोडिङ्गले कन्न आफै
लाज लाग्छ
आउदा दिन कस्तो हुन्छ प्रतीक्षा
मै बसि राछु
बेउब्जनी ठाउँमा खन्न आफै
लाज लाग्छ ।
नाम:- दिपक घर्ति मगर
ठेगाना:- रामपुर दाङ
पुज्दिन ढुङ्गो अब
पुजिसकें पुज्नु जति पुज्दिन ढुङ्गो अब
मुर्ख बन्नु अझ कति पुज्दिन ढुङ्गो अब
पुष्प चँुडि पत्थर पुज्ने पापी रहेंछु म
बर्षौं लाग्यो बुझ्न यति पुज्दिन ढुङ्गो अब
जन्मदा रीत्तो आको रीत्तै छु आज पनि
के नै गर्छ मेरो खति पुज्दिन ढुङ्गो अब
छैन इश्वर भएपनि उ आँफै छ निर्दयी
हेरीबस्थ्यो जाँदा सति पुज्दिन ढुङ्गो अब
सँधै पुज्ने सडकमा छ सुख भोग्छ अर्को
कसम हो एकै रति पुज्दिन ढुङ्गो अब
छैन अझै
तिमि भन्दा अन्त राम्री देख्या
छैन अझै
तिमि बाहेक अन्त लगन लेख्या
छैन अझै
हास्यो बस्यो बोल्दा खेरि माया
बसेछ हाम्रो
मन को कुरा भनि हाल छेक्या
छैन अझै
बितेका पल सम्झि ल्याऊदा हासो
लाग्छ कहिले त
ताजै छन् तिम्रो सम्झना मेत्या
छैन अझै
लाठे पार्दै तिम्रो काखमा सुतेको
याद आऊछ
तिमि जस्ति असल साथि
भेत्या छैन अझै
नाम:-दिपक घर्ति मगर
ठेगाना:-रामपुर दाङ
हाल – ईन्डिया दिल्ली
ई-deepakgm32@gmail.com
मेरो एउटा साथि छ !!
गजल
शब्या शिष्टले भरिएको मेरो एउटा साथि छ !!
पौरखी हात उच्च बिचार साह्रै साह्रै जाति छ !!
मन्द मुस्कान कोयली बोलि रुप छ परिको !
साँचै ऊनी फूल र त्योजून भन्दा राम्रि छ !!
आशु आफ्नै लुकाई बरु अरुकै पुस्छु भन्छिन
अत्ति बुझ्ने भाव बोकेकी अशल नारि छ !!
भन्छिन न हो लेखेको मेरो भागमा खुशी !
हजुर खुशी देख्न पाए यहि मलाई काफ़ि छ !!
नजिक और दूर गर्ने हाम्रो बसको बात होइन !
भन्छिन ऊनी यस्को फैसला गर्नेत् माथि छ !!
बिरही लामा
लम्जुङ्ग
हाल साउदी रियाध
नाच्ने आफ्नै ‘थ्यो !
गजल
अपत्तीमा परि म तड्पिदा नाच्ने आफ्नै ‘थ्यो !!
पराई बनि मेरो दुःख मा हाँस्ने आफ्नै ‘थ्यो !!
हेर्दा खेरि धार त्यो खुकुरी को देख्या थे’न !
था’भो भित्र भित्रै छम छ्मी काट्ने आफ्नै’थ्यो !!
जब उठ्थ्यो सफलताको लागि मेरो कदम !
बाटो भरि काडा बिछ्याई छाड्ने आफ्नै ‘थ्यो !!
मैले जब शिखर चड्न खुट्किलो राख्दै गएँ !
तानी खुट्टा मलाई भूईमा ढाल्ने आफ्नै ‘थ्यो !!
सक्छौ गर भनि चुनौती फाल्ने आफ्नै ‘थ्यो !
मेरो मजबुरी हेरी दाऊ थाप्ने आफ्नै ‘थ्यो !!
बिरही लामा
लम्जुङ्ग
हाल साउदी रियाध
साच्चै अब उठन पर्छ नेपाल जनता
चुपचाप कति बस्ने हिन्दुहरु उठनुपर्छ ।
मेचीदेखि काली सम्म हामी जुट्नुपर्छ ।।
६०१ ले धेरै लुट्नु लुटि सके मेरो देश
यिनको सम्पत्ति जनताले खोस्नु पर्छ ।
दलको नाममा भाइभाइ जुधाउदै छ्न
प्यारो नेपाल तुक्राउने लाई लखेटनु पर्छ
जुन स्याल आए पनि देश लुट्ने मात्र
राजा सहितको हिन्दुराष्ट्र बनाउनु पर्छ ।
-रोशन मिश्र

आँखाभित्र आँसुको ताल बन्दैछ
जसरी चल्यो जीवन चलाई राखियो
भन्छन् एउटा गर्ने बेला, चाल फेर्छ मानिस
यहाँ माझीलाई छ आफ्नै बोटको चिन्ता
मुक्तक १ – तिम्रो याद
१)
एक)