बोल्दिनौ जालिम रिसाई हिडिरह्यौ आँखा तरी
जिन्दगीको हौसला मेरो सबै बरवाद भो
छैन केही चाहना प्रेमको धोको पुग्यो
मतलवी संसारको रीत बल्ल क्यै क्यै थाहा भयो
हिंड्दछु बाटो समाती प्रेमको माला जपी
मुख लुकाई झ्यालमा हाँस्नु पर्दैन भो
निष्ठुरीले बात फेर्दा जिउँदै मरे जस्तो भो
स्वप्नको संसार मेरो बिम्झिंदा चकनाचुर भो
हाँस्दछन सारा जगत रुने फगत एउटा म छु
पापिनी हेर्छ्यौ तमासा तिम्रो लीला यस्तै नै भो
