Skip to content


‘आमा, अब हामीहरूले पनि हिन्दी सिक्नु पर्ने भयो नि तपाईले थाहा पाउँनु भो ?’–भरखरै खेल्न गएर फर्किएकी छोरीले आमालाई प्रश्न राखि सप्तरीको सखडा मन्दिरमा माग्न बसेकी आमालाई ।

‘किन र बिटिया ?’–आमाले पनि प्रश्न नै तेस्र्याइ छोरीका सामु ।

‘नेताजीले भरखरै भाषणमा भन्नुभएको अब हिन्दी भाषालाई हामी सबै मधेसियाले बोल्ने सम्पर्क भाषा बनाउँने रे, नेपाली भाषा मधेसियाको भाषा हैन रे अनि सिक्नु परेन र हामीले पनि हिन्दी’–छोरीको ज्ञानको पेटारो फुकाई आमाका सामु ।

छोरीका कुरा सुनेर आमाले झर्किएको स्वरमा भनि–‘किन सिक्ने हिन्दी र किन हामीले हिन्दीमा बोल्ने ? हामी मधेसियाहरूको मैथिली, भोजपुरी, अबधी, थारु आदि आदि भाषा नभएको हो र ?’

आफ्ना कुराले आमा रिसाउदा रिसाउँदै पनि छोरीले फेरि प्रश्न थपी–‘उसो भए हिन्दी कस्को भाषा हो र हामीले सिक्न नहुने आमा ? अनि सिके के हुन्छ ?

छोरीका अबोध प्रश्नले आमा मन तुरुन्तै पग्लियो अनि उसले छोरीका लट्टा परेका कपालमा हातका औंलाको काईयो बनाएर कपाल मुसार्दै भनि–‘इण्डीयनहरूका लागि उनीहरूको पहिचान र राष्ट्रको गौरव हो छोरी हिन्दी भाषा तर नेपालीहरूले माता जानकीले बोलेको मैथिल भाषालाई मटियामेट गराएर हिन्दी बोल्नु वा सम्पर्क भाषा बनाउँनु भनेको चैं आमाको जीव्रो थुतेर बेश्या खुशिपार्ने नामर्द छोराको हर्कत हो वा आमालाई पाल्न सक्तीन भनेर बेश्यालयमा आमालाई बेच्ने हुतिहारा छोराको कर्तुत हो ।’

‘उसोभए हामीहरूले हिन्दी सिक्नै हुँदैन त आमा ? अनि सिके के होला ?–छोरीको जिज्ञासा शान्त भएन ।

‘हुन त किन नहुँनु जे पनि सिक्न र जान्न त हुन्छ तर अहिले हाम्रो भाषालाई मटियामेट गराएर हिन्दी भाषालाई सम्पर्क भाषा बनाउँने र नेपाली भाषालाई भाषा नै होइन भन्ने कुरामा चै बिलकुलै बेकुफीपनको गन्ध आइरहेको छ । षडयन्त्रको गन्ध आइरहेको छ किनकि इतिहासमा हामी मैथिल थियौं–हाम्रो पहिचान थियो अनि फेरि समयले हामीलाई नेपाली बनायो–त्यसपछि पनि हम्रो पहिचान रहिरह्यो तर जुन बेला हाम्रो खेतखलिहान र तिम्रा सप्तरीका जमिन्दार बाबालाई कोशीले खायो त्यस लगतै लहै–लहैमा हामी मधेसिया भयौं अब न हाम्रो शान छ न पहिचान छ र हुँदा–हुँदा देशै नभएका नागरिक जस्ता हुनलागि सक्यौ हामी अनि अब बाँकिरहेको यो मैथिल भाषालई पनि निमिट्यान्न पार्ने हो भनें हाम्रो पहिचान खोज्न हामीसँग के बाँकिरहला र ! छोरी ?’–आमाले लामो देखेसो सुनाइ छोरीलाई ।

तर छोरी खेल्नमै मस्त भैसकेकी थिई ।

जीवन ‘पीडित’ दहाल
जुरोपानी-४, झापा
हाल: काठमाडौँ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *