Skip to content

देसान- कहर


वसन्तको मौसम ताइको गतिता झोतेङ्हि
प्राकृति याम निमभाइपा खेपितेङ्हि
सदियौसो
सान्हे उस्काङ हि
तालि उस्काङ हि
न्हिसिन उस्काङ दिना उस्काङ
समयें बुङ वाकोङ गतिता चलितेङ्हि
पृथ्बि रो प्राकृतिक मौसमगेलाइ बुङ
विविध रुपता झेलितेङ्हि
चाहे चार्काका सान्हे ह्याको
चाहे वाइ बादेल ह्याको ।,,

भोनोहोइ ताइको सिर्जा पिकाहि
सान्हेहोइ ताइको किरन पिकाहि
तालिहोइ ताइको चाँद पिकाहि
न्हिसिन रो दिनाहोइ ता- ताइको कर्तव्य पादोङ्खे
दोनु, समये ताइकोङ चक्रमार्गता घुराइतेङ्हि
तरो दोनु,
जिन्दगि बाँन्चिका कहरता
र्हुम्तेङ हिकाहि मरन,
चाहे बिदेसो
चाहे स्वदेसो
ता- ताइको देरा थामेस
मन घुरिका नयनगेलाइ
हेथ्थें हवाइ उडानको
प्रतिछ्याता हि
गोताङ रोकिहितें ! लक डाउनको प्रहरहोइ
स्वतन्त्ररुपता भार्तेङ हिका
पुस्प गुच्छागेलाइ बुङ
नानि, एक्कासि बिछिप्त जेङ्काहि
सुगान्धाको महल बुङ
नुइचालाका जेङ्काहि ।,,

तरो,
बिदेसता जिउको तिउ हि
सा: घुरिका भावना रो बिचरनगेलाइ
खोबर उस्काङ हि
बिदेसको
परिस्रम निरन्तर मान्थु स्रमिकगेलाइको
गोताङ उद्योग कलकारखाना
स्निकृय जेम्पुखोइ !
मस्तिस्कको सोच
यानिकि सा: घुरिलि निङ्नु जेन्धाङ
ताइको मातृभूमि हानिलि निङ्नु जेन्धाङ
ताइकोङ भोनोइता सिलि निङ्नु जेन्धाङ
दोका प्रत्येक नेपालिपनको ढुक्ढुकिदोसा
भावना सोसुलि निङ्खे
दु:खो दोताङ यातें सुख
सहरसो देराता
देरासो सहरता
लोकालाइको लावा लस्कर
उस्काङ हि
इदोइ झोक दिन बितिलाबुङ
क्वारेन्टाइन अझै दोअका मान्थु
लक डाउन अझै समाप्ति जेङ्का मान्थु ।

***

-नेपालीमा: महामारी कहर

वसन्तका मौसम आफ्नै गतिमा बहिरहेछ
प्राकृति याम सदाबहार खेपिरहेछ
सदियौ देखि
घाम उस्तै छ
जुन उस्तै छ
रात उस्तै दिन उस्तै
समय पनि उस्कै गतिमा चलिरहेछ
पृथ्वी र प्राकृतिक मौसमहरू पनि
विविध रुपमा झेलिरहेकै छन्
चाहे प्रचण्ड घाम होस्
चाहे झरी बादल होस् ।,,

माटोले आफ्नो सृष्टि दिएको छ
घामले आफ्नो किरण दिएको छ
जुनले आफ्नो चाँद दिएको छ
रात र दिनले आ- आफ्नो कर्तव्यमा लिन छन्
भने, समय आफ्नै चक्रमार्गमा घुमिरहेकै छन् ।,,
तर भने,
जिन्दगी बाँच्ने कहरमा
पर्खि बसेका छन् मृत्यु
चाहे बिदेश
चाहे स्वदेश
आ-आफ्नो गाउँ ठाउँबाट
मन फर्किएका नयनहरू
कयौं हवाई उडानको
प्रतीक्षामा छन्
सब रोकिए त ! लक डाउनको प्रहरले
विश्वब्यापी कोरोना- १९,, महामारीले
स्वतन्त्ररुपमा फुलिरहेको
पुष्प गुच्छाहरू पनि
आज एक्कासि बिक्षिप्त भए
सुगन्धको महल पनि
सुनसान भएको छ ।

तर,
बिदेशमा जिउको तिउछ
घर फर्किने भावना र बीचरणहरू
खबर उस्तै छ
बिदेशको
परिश्रम निरन्तर छैन श्रमिकहरुको
उद्योग कलकारखाना
केही निष्क्रीय हुदैछ !
मस्तिष्कको सोच
केवल घर फर्कन पाए हुन्थ्यो
आफ्नो मातृभूमि जान पाए हुन्थ्यो
आफ्नै माटोमा मर्न पाए हुन्थ्यो
भन्ने प्रत्येक नेपालीपनका ढुक्ढुकिसँग
भावना साट्न पाइन्छन्
दु:खद भनुं यात सुखद
शहर देखि गाउँमा
गाउँ देखि शहरमा
आउनेहरुको लावा लस्कर
उस्तै छ,
यतिका दिन बितिसक्दा पनि
क्वारेन्टाइन अँझै सकिएको छैन
लक डाउन अँझै समाप्त भएको छैन ।

***

शब्दार्थ: देशान= महामारी, मरन= मृत्यु,
सिर्जा= सृष्टि, निम= सधैं ।

डम्बर धिमाल राजदोङ्ये, प्राकृति
नपा.उर्लाबारी-८ मोरङ दुर्गापुरी ।
८ में020/०७७ वैसक २६ शुक्रबार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *