Skip to content

असफल जिन्दगि


जिबन संघर्सको यात्रागेलाइ पाराकाताङ हानिघाँ
गुजारा खिनिं चलिकाताङ हानिहि,
जिन्दगिता काम्हाइलि सुख सायल बाँन्चिलि दोकाते,
कथा काहानि खिनिं जेङ्काताङ हानिहि ।

नापिहि भाग्यहोइसाथ नातें कर्महोइ, माबुझिका
जिन्दगि अझै तनाव हि दोपिकाताङ हानिहि,
सफलताको पाहिरो ताकेका या जिन्दगिहोइ
झन्झन् टेन्सनको पार्खाल थोपिकाताङ हानिहि ।

एइ, जिबन यात्रा हिघाखे हेसो थुकातेङ अन्त्य जेनाङ
हाइदोङ सिमा मान्थु झन् यात्रा बार्हिकाताङ हानिहि
जेथेङ जिबन बाँन्चितेङ हि उद्देश्य बिहिन हि,
जेसाकि यात्रादोसाङ जवानि उन्धिकाताङ हानिहि ।

अझबुङ जिन्दगिको बोझागेलाइ द्वोका मान्थु
हेसा दोलिका जागर बाहानारि माइकाताङ हानिहि
कालाउतें का हारिका हिघाँ जिन्दगिसो जिन्दगि
जेसाकि स्वपनाहोइ बिपना छलिकाताङ हानिहि ।

***

नेपालीमा: असफल जिन्दगी ।

जीवन संघर्षका यात्राहरू पार गर्दै गएँ
गुजारा मात्र चल्दै गयो,
जिन्दगीमा कमाउनु सुख सयल जिउनु
भन्ने त, कथा कहानी मात्र बन्दै गयो ।

नदियो भाग्यले साथ नत कर्मले, नबुझेको
जिन्दगी अँझै तनाव छ भन्दै गयो,
सफलताको सिढी ताकेको यो जिन्दगीले
झन्झन् टेन्सनको पर्खाल थप्दै गयो ।

हो जीवन यात्रा रहेछ कहाँ पुगि अन्त्य हुने
कुनै सीमा छैन झन् यात्रा बढ्दै गयो,
जति जीवन बाँचिरहेछ उद्देश्य बिहीन छन्
जसरी यात्रासँगै जवानी ढल्दै गयो ।

अँझै पनि जिन्दगीको बोझ सकिएको छैन
कसोरी भनुं म जागर नौनारी गल्दै गयो,
अनि त म हारेको छु जिन्दगी देखि जिन्दगी
जसरी स्वपनाले बिपना छल्दै गयो ।

***

-डम्बर धिमाल राजदोङ्ये, प्राकृति
नपा.उर्लाबारी-८ मोरङ, दुर्गापुरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *