सापट र उधारोमा लिइनुको मजा बेग्लै
माया साटासाट गर्दा खिइनुको मजा बेग्लै
मदिराको नशामा लट्ठिँदै छन् जोडीहरू
उन्कै ग्लासमा मिसिएर पिइनुको मजा बेग्लै
पाउनु मात्र हैन माया गुम्नुले नि अर्थ राख्छ
कसैलाइ गोरेटो बनी, दिइनु को मजा बेग्लै
बटुलेको आत्मीयता छिट्टै फाट्छ भन्ने सामु
उनीसँग नजिकिँदै सिइनुको मजा बेग्लै
हिजोसम्म सुनियाका असन्तोष र बितृष्णामा
बर्खे भल झैँ अवसर छोपी जिइनुको मजा बेग्लै
प्रकाश पौडेल माइला
हाल- योकोहामा जापान
(गजलकार अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानका अध्यक्ष हुनुहुन्छ।)

Nice Gajal
अफिसको कोठामा बस्दाखेरी पढे
शब्द छुट्लान् भनी हेरिहेरी पढे
कसैका नामैलेनै कृति मन् पर्ने
प्रकाश माइला ढेखे र फेरी पढे
राजेन्द्र “ज्वाल” के सी
काठमाडौं
Nice Gajal
अफिसको कोठामा बस्दाखेरी पढे
शब्द छुट्लान् भनी हेरिहेरी पढे
कसैका नामैलेनै कृति मन् पर्ने
प्रकाश माइला ढेखे र फेरी पढे
राजेन्द्र “ज्वाल” के सी
काठमाडौं