Skip to content

बाँचुन्जेल हो अमेरिका

  • by


इन्टरभ्यु दिनेको ताँती
बुढो-बादेखि काखे नाती
भिसा पाउने बल्ल ढुक्क
नपाउने ट्वाल्ल थु’क्क

हातमु’ख जोर्न नसक्नेलाई
थाहै छैन अमेरिका
थाहा हु’नेलाई पनि
रिजेक्ट गर्छ अमेरिका

पढ्न गुन्न नपाउनेलाई
बाटो गाह्रो अमेरिका
पढी भाग्य खु’ल्नेलाई
ब्रेन ड्रेन अमेरिका

मरेपछि स्वर्ग जाने
बाँचु’न्जेल हो अमेरिका
नपाउनेलाई पस्न गाह्रो
पस्नेलाई हो अमेरिका

उकुसमुकुस भा’को मु’टु
अब चल्छ अमेरिका
नबु’झ्नेलाई बु’झ्न गाह्रो
बुझ्नेलाई हो अमेरिका

जन्मनु’ मात्र जीवन हैन
जीवन रैछ अमेरिका
जति गर्यो धेरै दिने
भण्डार रैछ अमेरिका

मानिस यहाँ हराइदिन्छन्
किनकि मन पराइदिन्छन्
ती पौरख हातगोडाले
अर्थतन्त्र फलाइदिन्छन् ।

इन्जिनियर राकेश कार्की
लस् एन्जेलस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *