मलाई चैन मिलेन, राति निद्रा आएन
जुन दिन तिम्लाई एक नजर देखिएन
के जादू तिम्ले गर्यौ, मेरो मन तिम्ले चोर्यौ
मेरो होसै उडाई, मलाई पागल बनायौ
यो मन तिमी बिना, जिउन मानिएन
जुन दिन तिम्लाई एक नजर देखिएन
लुकी लुकी तिमी हेर्छौ, मुसु मुसु तिमी हाँस्छौ
ओठ हल्लाउँदै, आफु आफैँसँग बोल्छौ
यो मुटु तिमी बिना, धडकन जानिएन
जुन दिन तिम्लाई, एक नजर देखिएन
तिम्रो बोली सुन्दा, याद कोइली आउँछ
मुस्कान तिम्रो, गुलाब फूलाउँछ
मन मस्तिष्क मेरो, स्थिर भएन
जुन दिन तिम्लाई, एक नजर देखिएन
चन्दन कुमार मण्डल