मेरी आमा मेलापातकै संसारमा देखे
बाबा फेरि छाक टार्ने हतारमा देखे
बुढ्यौलीले सतायो नि हजुरबाको चिन्ता
हजुरआमा जिन्दगीकै किनारमा देखे
जता हेरूँ खिचातानी चल्दै छ नि अचेल
गाउलेहरू आफ्ना आफ्नै बिचारमा देखे
अभावले मलाई पनि पिरोलेकै थियो
मभन्दा नि माग्ने कोही बजारमा देखे
कैले हुन्छ अधिकार सुरक्षित सबको ?
मान्छेहरू मानवकै व्यापारमा देखे
.
स्थायी घर – अर्जुनचौपारी स्याङ्गजा
हाल – ‘मरुभूमिको छाती’बाट
स्याङ्जालीa रमेश
