भाद्र २३ गते, २०६९
गितानाथ ढुंगाना, हेटौडा ।
हेटौडा बजार लायन्स क्लवले भाद्र २३ गते एकल गजल सन्ध्या तथा सर्जक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
हेटौडा-४ स्थित ड्रिमटच रेस्टुरेन्टमा क्लव अध्यक्ष मनोज ढुंगानाको सभापतित्व तथा गजल मंच मकवानपुरका अध्यक्ष मुस्कान तिमल्सिनाको प्रमुख आतिथ्यता एवं प्रकाश सुन्दर श्रेष्ठको संयोजकत्वमा संचालित कार्यक्रम क्लव सचिव गंगा पौडेलले संचालन गरेका थिए ।
क्लव सह-कोषाध्क्ष बैकुण्ठ लामिछानेले गजलवाटै गजल मनहरूलाई स्वागत गर्नुभयो साथै प्रमुख अथितिले पनि गजल वाचन गरेर कार्यक्रम उद्घाटन गर्नुभयो ।
जोरपाटीमा जन्मिनु भएकी तथा मकवानपुरलाई कर्मभूमि बनाई गजलमा कलम चलाई रहनु भएकी युवा गजलकार विमला कार्की सु-सम्मानित हुनुभएको हो । वहाको दुई वटा गजल संग्रह पत्थरको मान्छे र घाम नभएको आकाश मातृभूमि साहित्य समाजले प्रकाशित गरिसकेको छ ।
कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष श्यामकुमार बानिया, सिस्नुपानी मकवानपुरका अध्यक्ष डा. गणेशकुमार पौडेल, मातृभूमि साहित्य समाजका सचिब कृष्णप्रसाद दाहाल तथा प्रगतिशील लेखक संघका सचिब पुष्प परागले अतिथिको भूमिकामा मन्तब्य राख्नु भएको थियो, क्लव अध्यक्षले पनि कार्यक्रमको समापन गजल बाटै गर्नुभएको थियो ।
कार्यक्रममा प्रवेशका लागि रु ३५० को टिकट राखिएको थियो जसमा गजल बाचकको एक थान गजल कृति तथा जलपानको व्यवस्था गरिएको थियो । कार्यक्रमको अन्तमा गजलश्रोताहरू मध्ये एक जनालाई गोलाबाट भाग्यशाली गजल श्रोता उदघोश गरी मायाको चिनो प्रदान गरियो । उपस्थित प्रमुख अथिति तथा अथितिहरूलाई क्लवको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमबाट बचत भएको रकमले सामाजिक क्षेत्रमा दीनदुखीमा लगानी गर्ने क्लवले जानकारी दियो ।

यस्तो गजल कार्यक्रम हरु
यस्तो गजल कार्यक्रम हरु निसुल्क सुन्न पाए पो राम्रो हुने थियो हुन त क्लब ले पनि राम्रै उदेस्य लिए को छ त्यो पक्कै पनि राम्रो नै गर्छ होला