Skip to content

साँच्चै मैले मनको गजल

  • by


साँच्चै मैले मनको गजल लेखेको नै छैन अझै
तिमी जस्ती राम्री अरु देखेको नै छैन अझै

जुन दिनदेखि तिमीबाट टाढा हुनु पर्यो मैंले,
त्यो दिनदेखि गाउँ बस्ती टेकेको नै छैन अझै

सिउँदो सजाई घुम्टो ओढी गयौ अरे डोली चढी,
तिम्रै नाम थ्यो यो मुटुमा मेटेको नै छैन अझै

सुखमा त धेरै… आए साथ दिन्छु भन्नेहरू,
दु:ख पर्दा साथ दिने भेटेको नै छैन अझै

समयले साथ दिए सुनाउँला मनको बह,
मेरो कथा सारंगीमा रेटेको नै छैन अझै

– नकुल थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *