कृतिम गुलाफमा रम्ने तिमी…
तिम्रो मन पनि ।
मैले तिखा काँडाहरूको सामना गरेर,
रगताम्य हात बनाएर तिमीलाई दिएको गुलाफ
छि … ! भन्यौ किन?
भन्दै थियौ यो गुलाफको रस खै?
बासना कहाँ गयो ?
नाजवाफ मेरा ओठहरू
र
मनमनै भने … .
रस र वासना खोज्ने भए
बजारे गुलाफ खरीद
जसमा अत्तर मिलाई बासनाको भरपुर मज्जा लेउ ।
अझै पनि छ नील डामहरु
जुन त्यो गुलाफ टिप्दा ती निर्दयी काँडाहरूले घोचेका थिए
खै … .?
मैखे दिएको गुलाफ कहा फाल्यौ?
तर … !
तिमीले दिएको तिखा बचनहरू मुटुमा सजाएर राखेको छु
अब त म पनि कृतिम वासनादार
गुलाफ पाउने ठाउँमा आएको छु
हेर्दै छु यसमा रम्नेहरूको
तमासा…
र
भन्छु …
ए … कृतिम गुलाफमा रम्नेहरू हो
एक पल्ट प्रकृतिक गुलाफ टिपी हेर
त्यसको मज्जा त्यति बेला थाहा हुन्छ
जती बेला साचिकै प्राकृतिक वासना र मनसँग तिम्रो भेट हुने छ।
… त्यो गुलाफलाई हेर त
एकनाशले सदाबहार फुलिरहेको
तिमी पनि यस्तै सदाबहार फूल्न सिक
एकनाशले माया गर्न सिक
के कुर्दछौ प्रेम दिवश
यदि माया गर्ने हो भने गुलाफ जस्तै सदाबहार हुन सिक
अनि तिम्रा हरेक दिन प्रेम दिबशमा परिणत हुने छन ।
स्काई नवीन
