Skip to content

यसै पनि तिम्रो मनबाट हराएको मान्छे

  • by


यसै पनि तिम्रो मनबाट हराएको मान्छे,
बिछोड र पीडाबाट डराएको मान्छे ।

यादहरू संगालेर हिंड्छु खोज्दै पलहरू,
समय र आफन्तले बर्बराएको मान्छे ।

कोरिएका अतितले मनभित्र पिरोल्दैछ,
आफ्नो मन आफ्नैबाट मराएको मान्छे ।

मुटु साटी पिरतीमा उनलाई आफ्नो सम्झीरहेँ,
उनको मिठो साथबाट छोडाएको मान्छे ।

आँसु टिप्दै रुमाल भिजाई साँची राखें सम्झनालाई
सम्झनाले कोप्दै पागल गराएको मान्छे ।

सुरज गिरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *