Skip to content
JangYonjanTamang


मलाई मन पर्छ
लाटोकोसेरोहरू ।
उही भाकामा
उसैगरी कुर्लिन बिर्सेको छैन ।
जसरी उनीहरूका पुर्खाले कुर्लन्थे
विहानको रातमा
भाका फेरी फेरी ।

मलाई उनीहरूको गाउँ पनि असाध्यै मन पर्छ ।
जहाँ भातृत्व छ,
बन्धुत्व छ,
सहिष्णुता छ ।
किनकि उनीहरू क्रान्ति चाहँदैनन्
त्यसैले मलाई लाग्छ
बुद्ध जन्मेको देशमा
उनीहरू मात्रै शान्तिप्रेमी हुन् ।

विवेकशिल कथिएका मानिसले जस्तै
विभाजनको रेखा कोर्दैनन्–जात भनेर
अनि गर्दैनन्
भेद्भाव र छुवाछुत
बरु जीउँछन्
स्वर्गीय आनन्दले
मानवलेभन्दा फरक ढङ्गले
त्यसैले मलाई लाटोकोसेरोहरू मन पर्छ ।

जङ्ग योञ्जन तामाङ
आङना –५ रातमाटे,पाँचथर

Leave a Reply

Your email address will not be published. Required fields are marked *